निखिलका भाईहरु पनि कलाकार (भिडियो)

अभिनेता निखिल उप्रेती यतिबेला सिनेमा कमिटमेन्ट सिक्स्टि आवर्सको छायाकंनमा व्यस्त छन् । एउटै सिनेमामा पहिलो पटक धेरै भारतीय कलाकारहरुलाई अभिनय गराएका कारण निखिल यतिबेला चर्चामा छन् । यो सिनेमा भारतीय प्रविधि अनुसार नै छायाकंन भईरहेको छ । ७० प्रतिशत हिन्दी भाषामा तयार पारिने यस सिनेमा मार्फत निखिलले साली सीवानी लुईँटेललाई डेब्यु गराएका छन् ।

यहि सिनेमाको छायाकंन चलिरहेको समयमा हामी बालाजुको एन एफ डि सी फिल्म स्टुडियोमा पुगेका थियौँ । त्यस क्रममा हामीले निखिलका दुई जना भाईसंग पनि कुराकानी गर्ने मौका पायौँ ।
निखिलका भाई ईश्वर बल्लव उप्रेती पूर्णरुपमा यहि क्षेत्रमा सक्रिय छन् भने सुधर उप्रेतीले सरकारी जागिरका साथै केहि सिनेमा र म्युजिक भिडियोमा काम काम गरेका छन् । सुधर नेपाल आर्मीको प्राबिधिक क्षेत्रमा आवद्ध छन् । त्यस्तै उनले सिनेमा विर्खेलाई चिन्छस्, लुटेरा, भैरव लगायतमा भिलेनको भूमिका निर्वाह गरेका छन् ।

निखिलका यी दुई भाई एकाघरका भएपनि सहोदर भाई भने हैनन् । तर पनि निखिलले उनीहरु दुवैलाई सहोदर भाईजस्तै गरी माया गर्छन् । हेर्नुहोस् भिडियो कुराकानी ।

source:gufgaf.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.