शाहरुख खान कपिलको कार्यक्रम सुटिङ नगरी फर्किए, कपिल सेटमै फेन्ट !

कपिल शर्मालाई गत शुक्रबार एकपटक पुनः कार्यक्रमको सुटिङ स्थगित गरी अस्पताल भर्ना गर्नुपर्यो । शाहरुख खान, अनुष्का शर्मा र निर्देशक इम्तियाज अली ‘द कपिल शर्मा शो’ मा आफ्नो नयाँ फिल्म ‘जब ह्यारी मेट सेजल’ को प्रोमोशनका लागि पुगेका थिए । ३६ वर्षीय हास्यकलाकार कार्यक्रमको सेटमा नै अचेत भए र उनलाई नजिकैको अस्पताल पुर्याउनु पर्यो ।

कार्यक्रमका सदस्य किकू सारदाले कपिलले अप्ठेरो महसुस गर्न थालेपछि उनको उपचारका लागि तत्काल अस्पताल पुर्याउनुपरेको टाइम्स अफ इन्डियालाई बताए । उनले भने, ‘कार्यक्रमका लागि कार्यक्रम सेटमा शाहरुख खान आइपुग्दा कपिल उपचारका लागि अस्पताल गइसकेको थिए । उनले असहज महसुस गरिरहेका थिए र डाक्टरले उनलाई भर्ना गर्नुपर्ने सल्लाह दिए । कपिल अहिलेसम्म पनि अस्पतालमा छन् र उनको परिवारले उनलाई हेरबिचार गरिरहेको छ । अब हाम्रो अर्को सुटिङ ११ र १३ तारिखमा हुनेछ । तर यसपटक को सेलिब्रिटी आउनेछन् भन्नेबारे थाहा छैन ।’

कपिललाई अस्पताल भर्ना गरेको यो दोस्रो पटक हो । केही हप्ता अघि नायक तथा हास्यकलाकारलाई उच्च रक्तचाप र कम सुगरका कारण अस्पताल भर्ना गर्नुपरेको थियो । एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.