सुनसरीका दिपेन्द्र बस्नेत, हाल कतारको दोहामा छन् । उनले कतारमाथी साउदी, युएई, बहराइन लगायत देशहरूले लगाएको नाकाबन्दीको असर यसरी सुनाए ।
म वैदेशिक रोजगारीको सिलसिलामा गत वर्ष कतार आएको हुँ।
कम्पनीले बस्ने सुविधा दिए पनि खाना भने म लगायत केही साथीहरु मिलेर कोठामै बनाएर खाने गरेका छौँ।
नाकाबन्दीपछि खाद्यान्न जस्ता अत्यावश्यक वस्तु टर्की लगायतका देशबाट आयात हुँदै आएको छ।
तर टर्कीबाट आयात हुने दूध, दही पहिलेको जस्तो स्वादिलो हुँदैन।
त्यस्तै, अहिले चामल र तरकारीको भाउ पनि बढेको छ।
नाकाबन्दीपुर्व ३५ केजी चामलको मूल्य ८८ कतारी रियाल अर्थात २३ सय ९० रुपैयाँ पर्थ्यो भने अहिले ११० रियाल अर्थात २९ सय ९० रुपैयाँ पर्न थालेको छ।
त्यस्तै, गोलभेँडाको मूल्य ३ देखि ५ बाट बढेर ९ देखि १० कतारी रियाल पुगेको छ।
आलुको भाउ २ बाट ६ तथा प्याजको २ बाट ४ रियाल पुगेको छ।
Post a Comment
Thanks.