सामाखुसीको नालीमा बगेकी सत्यासँग कुराकानी- पत्रकार बन्ने सपना (भिडियो संवाद)

काठमाडौं। राजधानीको सामाखुसी चोकमा पानीले भरिएको सडकको नालीमा एक बालिका झुक्किएर डुबिन् । डुबेको केही समयमै उनी नालीमा बग्दै केही तलसम्म पुगिन्। उनको सकुशल उद्दार भयो । संयोगले यो दृश्य भिडियोमा कैद भयो। सुशीला मगरले भिडियो कैद गरेकी हुन् । उनले त्यो भिडियो फेसबुकमा अपलोड गरेपछि सामाजिक संजाल र मिडियाहरुमा भिडियो भाइरल बन्यो । भिडियो भाइरल बनेसँगै ती बालिका को हुन् भन्ने विषयमा अत्याधिक चासो बढ्यो ।

त्यसरी सडक छेउको नालीमा झुक्किएर दुर्घटनामा पर्ने बालिका हुन्– गुल्मी घर भएकी सामाखुसीबस्ने सत्या सापकोटा । ९ कक्षामा अध्ययनरत बालिका सत्या अहिले सकुशल छिन् ।

शनिबार बिहान उनी दुर्घटनाको मानसिक तनावबाट मुक्त हुनको लागि चन्द्रागिरी गइन् । त्यहाँबाट फर्किएपछि उनी अहिले घरमै फ्रेस छिन् । उनी अहिले सामान्य अवस्थामा फर्किंदै गरेको र आइतबारदेखि स्कुल जाने तयारीमा छिन् । ठूलो दुर्घटनामा परेर पनि मृत्युलाई जितेकी बालिका सत्याको सपना छ – भविष्यमा कुशल पत्रकार बन्ने ।

दुर्घटनाको भोलिपल्ट शनिबार उनलाई भेट्न उनी भाडामा बस्ने घरमा पुगेको डिसीनेपालको टोलीसँग उनले आफ्नो अनुभव सुनाउँदै ठट्यौली पारामा भनिन् ‘अब त मलाई हाइड्रोफोबिया (पानीसँग डर लाग्ने रोग) होला जस्तो छ ।’

सत्याले आफू भाग्यवश बाँच्न सफल भए पनि सबैलाई भाग्यले साथ नदिने भन्दै सडकको दुरावस्था सुधार गर्न सुझाव दिएकी छिन् । उनले नेपालमा आलोपालो प्रधानमन्त्री हुने प्रणालीप्रति पनि गुनासो गरिन् ।

source: dcnepal.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.