काठमाडौँ । नेपाल प्रहरीका पूर्व आइजिपी खड्गजित बरालको नाति पुजन बराल निर्वाचनका लागी म्यादी प्रहरीमा भर्ती भए र उनले म्यादी प्रहरीमा रहँदा पाएको तलब भत्ता प्रहरी कोषमा नै जम्मा गर्ने घोषणा गरेका छन्।
म्यादी प्रहरीमा भर्ना भएका पुजन बरालले ९० दिनको आफ्नो पारिश्रमिक प्रहरी कल्याणकारी कोषमा बुझाउन लागेको नेपाल प्रहरीका प्रवत्ता सर्वेन्द्र खनालले बताए ।
स्थानीय निकायको चुनावको उनी काठमाडौंबाट म्यादी प्रहरीमा भर्ती भएका थिए। पुजनले प्रहरी प्रधान कार्यालयमा सोमबार दिउँसो आफूले पाएको तलब प्रहरी कोषमा नै जम्मा गर्न लागेका हुन्।
उनका बाबुआमा दुवै जना डाक्टर हुन् । बाबु डा. रञ्जित बराल बल्खुस्थित बयोधा अस्पतालमा मुटु रोग र आमा प्रा.डा ज्योति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रशूति तथा स्त्री रोग विशेषज्ञका रुपमा कार्यरत छन्।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.