चट्टानी भीरमा नेपाली सेना

चट्टानै चट्टानले बनेका भीमकाय पहाडलाई फोरेर बनाउनु छ सडक । त्यो पनि निर्धारित समयभित्रै । सयौं मिटर तल बेगले बगिरहेको गहिरो नदी छ, माथि टोपी खस्ने भीर । त्यो बीचबाट दुई लेनको सडक (नौ मिटर) को ट्र्याक खोल्नुपर्ने चुनौती छ ।काठमाडौंलाई चीनसँग जोड्ने दुई देशको उच्च रणनीतिक महत्वको सडक खोल्ने यही चुनौती स्वीकारेको छ- नेपाली सेनाले ।

रसुवा जिल्लाको मैलुङदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर चट्टानी पहाड फोरेर सरर गाडी दौडिने बाटो बनाउने चुनौती छिचोल्न अब लगभग एक किलोमिटर मात्रै बाँकी छ । सेनाले सात किलोमिटर डबल लेन, आठ किलोमिटर सिंगल लेन खोलिसकेको छ । बाँकी एक किलोमिटर लेन यही असारसम्म सक्ने लक्ष्य लिएको सेनाले आठ किलोमिटGopi-kr-Dhungana_2र सिंगल लेनलाई पनि चार महिनाभित्रै डबल लेन बनाइसक्नेछ ।

मैलुङदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर ट्र्याक खोल्नेबित्तिकै सडक विभागले यसलाई नौ मिटर चौडाइको कालोपत्रे गर्नेछ । निर्माणाधीन सडक ‘पासाङ ल्यामु राजमार्ग बेत्रावती-धुन्चे-स्याफ्रुबेसी’ को वैकल्पिक मार्ग हुनेछ । यो नयाँ सडक खुलेपछि काठमाडौंबाट चीनको केरुङ पुग्न सरदर चार घन्टामात्रै लाग्नेछ । स्याफ्रुबेसीदेखि १४ किलोमिटरमा रसुवागढी पुगिन्छ भने रसुवागढीदेखि २६ किलोमिटरको दूरीमा केरुङ पुगिन्छ।

गल्छी-बेत्रावती-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी जोड्ने उक्त सडक हुँदै काठमाडौंबाट चीनको केरुङ करिब चार घन्टामै पुगिने भएको हो । चीन सरकारले सन् २०२० सम्ममा सिगात्सेबाट केरुङसम्म रेल ल्याउने तयारी गरेको छ । यो ट्र्याक खुलेपछि बन्ने बाटोको त्रिदेशीय महत्व पनि हुनेछ । चीनदेखि नेपाल हुँदै भारत (वीरगन्जछेउको ठोरी) पुग्ने यो सडक सबैभन्दा छोटो हुनेछ । सेनाले खनिरहेको उक्त खण्डमा एउटा पनि घुम्ती सडक हुने छैन ।

nepali_army

चट्टानी पहाड फोर्नु चानचुने कुरो होइन । विगतमा विस्फोटक पदार्थ र इन्धन अभावले थप चुनौती सामना गरेको नेपाली सेनालाई हाल यी दुवैको समस्या छैन । सेनाले कतै ब्लास्ट गरेर चट्टान फोरिरहेको छ त कतै रक ड्रिलर मेसिनको प्रयोग गरिरहेको छ ।

bhir_1

उक्त वैकल्पिक मार्ग निर्माण सम्पन्न भएपछि गल्छीदेखि नाका रहेको स्थान रसुवागढीको लम्बाइ जम्मा ८४ किलोमिटर हुनेछ । स्थलगत निरीक्षणमा सांसदको टोली लिएर पुगेका संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीले मैलुङ स्याफ्रुबेसी सडकले उत्तर-दक्षिण जोड्ने ‘लाइफ लाइन’ का रूपमा त्रिदेशीय विकासको भूमिका खेल्ने बताए । उक्त सडकलाई उच्च रणनैतिक सडकका रूपमा लिइएकाले रसुवागढीलाई दोस्रो अन्तर्राष्ट्रिय ठूलो नाका बनाउन सहज हुनेछ ।

vir

नेपाल र चीन सरकारबीच रसुवागढीदेखि स्याफ्रुबेसीसम्मको १६ किलोमिटर सडकलाई नौ मिटर चौडाइको डबल लेन सडक कालोपत्रे गर्ने सम्झौता भइसकेको छ । केरुङबाट दुई लेनको पिच रसुवागढी ल्याइसकेको चीन सरकारले गढीबाट स्याफ्रुबेसीसम्म पनि चाँडै कालोपत्रे गर्ने भएको हो । चीन सरकारले सिगात्सेबाट पाँच सय किलोमिटर दूरीमा रहेको केरुङसम्म सन् २०२० सम्ममा रेल ल्याइसक्ने जनाएको छ । त्यसपछि सेनाले खोलिरहेको हालको ट्र्याकपछि बन्ने बाटोले चीनबाट उत्पादित सबै सामग्री नेपाल ल्याउन सबैभन्दा सजिलो र छिटो नाका हुनेछ ।

bhir

ट्र्याक खोल्न सेनाले हाल पाँच फरक ठाउँमा क्याम्प राखी युद्धस्तरमा काम गरिरहेको छ । नेपाली सेनाको विकास निर्माण निर्देशनालयका प्रमुख जर्नेल उद्धव विष्टका अनुसार, यसका लागि नौवटा एक्साभेटर, १८ वटा कम्प्रेसर मेसिन, ५० वटा रक ड्रिलिङ मेसिन, त्यही अनुपातमा विस्फोटक पदार्थ, तीन सय सेना र पाँच सय सिभिल लेबरले दुई वर्षदेखि निरन्तर काम गरिरहेका छन् । annapurnapost

http://ift.tt/2stEvip
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.