काठमाडौं, २६ असार । उत्तर कोरियाले अमेरिकालाई आणविक युद्ध हुनसक्ने चेतावनी दिएको छ । आफ्नो सीमानजिकै अमेरिकाले दुईवटा बम्बर विमान तैनाथ गरेकोप्रति निन्दा गर्दै उत्तर कारेरियाले उक्साहटले आणविक युद्ध निम्त्याउन सक्ने चेतावनी दिएको हो ।
उत्तर कोरियाको प्रमुख अखबार रोदोङ सिन्मुनको सम्पादकीयमा अमेरिकाको पछिल्लो कदमलाई ‘खतरनाक’ संज्ञा दिदै भनिएको छ, ‘अमेरिकाले बम्बर विमान नियमित रूपमा तैनाथ गर्ने बताउनु भनेको हतियारको भण्डारमा आगोसँग खेल्नु जस्तै बहुलट्ठी काम हो ।’ सानो त्रुटिले पनि आणविक युद्ध गराउन सक्ने र त्यसबाट सिधै नयाँ विश्वयुद्ध मच्चिने सम्पादकीयमा उल्लेख छ ।
उक्त पत्रिकाले वाशिङटनले प्योङयाङविरुद्ध आणविक युद्धको धम्की बढाउएका कारण उत्तर कोरियाले हतियार परीक्षण गर्नुपरेको भन्दै त्यसलाई जायज ठह–याउने कोशिश गरेको उल्लेख गरेको छ । अमेरिकाले दुईवटा बी–१बी बम्बर विमानहरू शनिवार कोरियाली प्रायद्वीपमा पठाएको थियो । दक्षिण कोरियाली फाइटर जेटहरूसँग मिलेर सैन्य अभ्यास गर्न यी विमान पठाइएको हो ।
उत्तर कोरियाले अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि उसलाई तर्साउनका लागि अमेरिकाले यी विमानहरू पठाएको थियो । बी–१बी विमानहरू सी अफ जापानमाथि उडेका थिए र तिनीहरू दुई कोरियालाई छुट्ट्याउने सिमानासम्म पुगेका थिए । एजेन्सी
http://ift.tt/eA8V8J 

Post a Comment
Thanks.