‘चिनियाँ सेना कमजोर छ’ भन्ने भ्रम त्याग्न भारतलाई चेतावनी

एजेन्सी : चीनले गैरकानुनी रुपमा भारतीय सेना चीनमा प्रवेश गरेको भन्दै तत्काल फिर्ता गर्न भारतसँग आग्रह गरेको छ । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता ‘वू क्वीन’ले सोमबार पत्रकार सम्मेलन मार्फत यस्तो आग्रह गरेका हुन् । उनले प्रादेशिक सार्वभौमिकता रक्षाका लागि आफ्नो देश सदैव तयार रहेको पनि स्पष्ट पारे । प्रवक्ता क्वीनले आफ्नो सीमाबाट तत्काल सेना फिर्ता गरी समस्या समाधानको मार्गमा अघि बढ्न भारतलाई आग्रह गरेका छन् ।

क्वीनले भनेका छन् ‘हामी जोडदार रुपमा आग्रह गर्दछौं की भारतले आफ्नो गल्ती तत्काल सच्चाएर सीमा क्षेत्रमा शान्ति कायम गर्न जोड दिनु आवश्यक छ ।’ साथै उनले भारतलाई हिमाली क्षेत्रमा चिनियाँ सेना लड्न सक्दैन् भन्ने अव्यवहारिक भ्रम त्याग्न समेत आह्वान गरेका छन् ।

विगत ९० वर्षदेखि चिनियाँ जनमुक्ति सेनाले निरन्तर आफ्नो क्षमता वृद्धि गरिरहेकोले जस्तो सुकै परिस्थितिमा पनि राष्ट्रको सार्वभौमिकता रक्षा गर्न र क्षेत्रिय एकता कायम गर्न सक्षम रहेको क्वीनल दावीे गरे। जनमुक्ति सेनाले हिमालयमा सहजै लड्न सक्ने चेतावनी उनले दिए ।

पछिल्लो समय भारत, चीन र भुटानको त्रिदेशीय सीमा क्षेत्र डोक्लाममा भारत र चिनियाँ पक्ष बीच विवाद चर्किरहेको छ । दुवै पक्षले एक अर्काविरुद्ध वक्तव्यबाजी गर्दै आएका छन् । डोक्लाम क्षेत्रमा चीनको तुलनामा भारतीय सेना हावी रहेको विश्लेषण गरिदै आएको छ । भारतीय पक्षले हिमाली मौसममा चिनियाँ सेना कमजोर रहेको र मौसम प्रतिकूल भएपछि उनीहरु आफैंपछि हट्ने तर्क गर्र्दै आएको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.