‘भद्रगोल’का चर्चित पात्र ‘बले’ अर्थात सागर लम्सालले आफुलाई नायिका केकी अधिकारी सबैभन्दा मनपर्ने नायिका भएको बताएका छन्।
आफु केकी अधिकारीको फ्यान भएको भन्दै केकी अधिकारीले प्रपोज गरे डेटिङ जाने इच्छा ब्यक्त गरे। हामी सँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। केकी अधिकारीले विहेको प्रस्ताव राखेमा के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले हाँस्दै भने–”त्यो त अब आमालाई सोध्नुपर्छ, मैले अहिलेसम्म आमालाई नसोधी कुनै काम गरेको छैन्।”
उनले विहे जस्तो महत्वपूर्ण कार्यमा आमाको सल्लाह आवश्यक पर्ने बताए। सोझी,सामान्य र परिवारलाई खुशी पार्न सक्ने केटि विहे गर्ने उनको भनाई छ। आफ्नो लागि राम्री केटि भन्दा पनि ब्यवहार राम्रो भएको केटि चाहिने विचार उनले ब्यक्त गरे। थप हेरौँ, भिडियोमा ।
source:gazzabkoonline

Post a Comment
Thanks.