अनुष्का-प्रभास देखि, श्रुति-धनुषसम्म, यी हुन साउथ स्टारका चर्चित प्रेम सम्बन्ध

अभिनेत्री इलियाना डी क्रूज र उनका फोटोग्राफर व्याइफ्रेण्ड एन्ड्रयू नीबोन भर्खरै मस्ति गरिरहेको अवस्थामा भेटिएका छन् । तर, उनीहरुले आफुहरुको मस्ति सामाजिक संजालमा सेयर गर्ने गरेका छन् । पब्लिक इभेन्टमा पनि यो जोडी हात समाएर आउँछ । इलियाना आफैले पनि एन्ड्रयूसँगको सम्बन्धका बारेमा मुख खोलेकी छन् ।

उनी मात्रै होइनन् । साउथ फिल्म इन्ड्रस्ट्रीमा यस्ता केही अभिनेत्री छन् । जसका लभ अफेयर खुब चर्चामा रहे । केहीका अफेयर टुटेका पनि छन् । हुर्नुहोस् साउथ फिल्मका केही स्टारहरुका चर्चित प्रेम सम्बन्धः

१.अनुष्का र प्रभास

अनुष्का शेट्टी र प्रभासले केही फिल्ममा काम गरेका छन् । यही कारण उनीहरुको केमेस्ट्री पनि राम्रो छ । यीनहरुको अफयेरका खबर पनि केही पटक आइसकेको छ । भनियो की उनीहरु डेट गरिरहेका छन् । यहाँसम्म खबर आयोकी उनीहरु विवाह गर्दैछन् । तर, दुवैले यस्ता खबरहरुको खण्डन गरे । उनीहरुले फिल्म ‘बाहुबली’ सुपरहिट भयो । अब यीनीहरु ‘साहो’ फिल्ममा एकसाथ देखिदैछन् ।

२.श्रुति हासन र धनुष

कमल हासनकी ठूली छोरी श्रुति र रजनीकान्तका ज्वाईँ धनुषबीचको अफेयरले साउथ फिल्म इन्डस्ट्री गर्माएको थियो । २०१२ मा आएको तालिम फिल्म ‘३’ को सुटिङको समयमा रोमान्टिक सिन पछि यी दुई नजिकिएका हुन् । यो कुरा धुनुषकी श्रीमति ऐश्वर्यासम्म पुग्यो । जो यो फिल्मकी निर्देशक समेत थिइन् । तर उनले यो हल्ला केवल बकवास मात्रै भएको बताइन् ।

३. नयनतारा र प्रभुदेवा

नयनतारा र प्रभुदेवाको अफेयरको खबर पनि साउथ फिल्म इन्डस्ट्रीमा चर्चामा रह्यो । २००८ मा नयनताराले विवाहित प्रभुदेवासँग डेटिङ शुरु गरेकी थिइन् । यो रिलेशनलाई अघि बढाउन प्रभुदेवाले आफ्नी श्रीमतिसँग सम्बन्ध विच्छेद समेत गरे । तर नयनतारा र प्रभुदेवाको सम्बन्ध अघि बढ्न सकेन । २०१२ मा यो सम्बन्ध सकिएको घोषणा नयनताराले गरिन् ।

४. त्रिशा कृष्णन र राणा दग्गुबती

त्रिशा र राणा दग्गुबतीको अफेयरको चर्चा केही बर्षसम्म चल्यो । केही पटक उनीहरुकोबीचको सम्बन्ध सकिएको र फेरी जोडिएको खबर समेत आए । एक पटक त्रिशाले आफ्नो र राणाकाबीच कुनै सम्बन्ध नरहेको समेत बताइन् । २३ जनवरी २०१५ मा त्रिशाले चेन्नईका व्यापारी वरुण मनियनसँग इन्गेजमेन्ट गरिन् । तर, केहीसमय पछि इन्गेजमेन्ट रद्ध गरिन् । उनी अहिले पनि सिङ्गल छिन् ।

५. समान्था र सिद्धार्थ

तमिल एक्टर सिद्धार्थ र एक्ट्रेस समान्था रुथ प्रभुकोबीचमा लामो समय अफेयर थियो । तर यीनीहरुले आफुहरुबीचको सम्बन्धका बारेमा खुलेर कुरा राखेनन् । उनीहरुबीच केही समय अघि ब्रेकअप भयो ।

६. नेहा र रामचरण तेजा

अभिनेत्री नेहा र सुपरस्टार चिरन्जिवीका छोरा रामचरणबीचको अफेयरको खबर पनि बारम्बार आइरहे । यी दुईले विवाह गर्नेसम्मका खबर समेत आए । तर यी खबरहरु सत्य सावित भएनन् । किनकी रामचरणले आफ्नी गर्लफ्रेन्ड उपासनासँग विवाह गरे ।

७. हन्सिका र सिंबु

साउथ एक्टर, डायरेक्टर और लिरिसिस्ट सिंबुले केही पटक आफ्नो रिलेशनको बारेमा मुख खोले । अहिले हन्सिकाकी आमा मोना मोटवानी उनीहरुको रिलेशनशिपलाई लिएर खुसी थिइनन् । सिंबुका बुबा भने यो सम्बन्धलाई लिएर खुसी थिए । २०१४ मा सिंबुलेनै यो सम्बन्ध सकिएको घोषणा गरे । एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.