बिरामी छोरालाई छोडेर आमाले गरिन् दोस्रो विवाह, १७ वर्षसम्म नातीको स्याहार गरिरहे हजुरबुवा

एक आमाले श्रीमानको मृत्यु भएपछि आफ्नो बिरामी छोरालाई छोडेर दोस्रो विवाह गरिन् । तर ८० वर्षका हजुरबुवाले आफ्नो नातीको भार उठाए । त्यो पनि एक–दुई वर्षको लागि नभई पूरा १७ वर्षसम्म, नातीको मृत्यु नहुञ्जेलसम्म ।

यो घटना इन्डोनेसियाको वेस्ट जाभाको हो । ८० वर्षभन्दा बढि उमेरका टोटोन पछिल्लो वर्ष मार्चमा चर्चामा आएका थिए जब आफ्नो बिरामी नातीलाई स्याहार गरिरहेको तस्बिर सोसल साइटमा भाइरल भएको थियो । उनका नाती स्यिफा जन्मजात नै निकै दुर्लभ रोग थियो जसका कारण उनको पूरा शरिर खुम्चिएको थियो । न त उनी बोल्न नै सक्थे न त हिँडडुल गर्न नै । जब स्यिफा पाँच महिनाका थिए तब उनको बुवाको मृत्यु भयो र आमाले दोस्रो विवाह गरिन् । बिरामी नाती एक्लै भएपछि टोटोन र उनकी श्रीमतीले उनको जिम्मेवारी लिए । तर श्रीमतीको मृत्यु भएपछि टोटोनले एक्लै आफ्नो नातीको स्याहार सुसार गरे ।

खेतीमार्फत गर्दथे गुजाराः

हुन त टोटोन अवकाशप्राप्त सैनिक थिए तर उनले कहिले पनि सरकारबाट कुनै पेन्सन पाएनन् । उनी खेतीबाट हुने आम्दानीबाटै घर चलाउँथे र नातीको औषधी खर्च टार्दथे । जब रोगी नातीसँगको तस्बिर मार्च महिनामा मिडियामा आयो तब इन्डोनेशियाली सरकाले उनको मद्दत गर्न तत्परता देखायो । अस्पतालमा भर्ना भएको केही दिन पछि नै अप्रिल सन् २०१६ मा स्यिफाको मृत्यु भयो । उनको अन्तिम यात्रामा देशका थुप्रै चर्चित व्यक्तित्व समावेश थिए । तर आफ्नो रोगी नातीका लागि जुन सेवा भाव र माया टोटोनले देखाए, त्यो तारिफयोग्य छ । एजेन्सी & Ratopati

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.