ब्यापारी राजकुमार श्रेष्ठको अपहरण र हत्यामा यी हुन् संलग्न युवती

दाङ । तुल्सीपुरका ब्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा १७ बर्षीया पुजा घर्तिमगर संलग्न रहेको तथ्य प्रहरीले प्रहरीले सार्वजनिक गरेको छ । २६ जेठ साँझ साढे ७ बजे पुजाले नै टेलिफोन गरी ब्यापारी श्रेष्ठलाई बोलाएको र त्यसपछि अपहरणमा परेको तथ्य प्रहरीले सर्वजनिक गरेको हो । अपहरणमा संलग्न चार जना पक्राउ परेपनि युवती भने फरार रहेकी छिन् । फरार रहेकी युवतीका बारेमा सुचना दिनेलाई एक लाख पुरस्कार दिने घोषणा समेत प्रहरीले गरेको छ ।

तुलसीपुर उपमहानगरपालीका वडा नं ६ शान्तिनगरकी पुजा घर्तीले ब्यापारी श्रेष्ठलाई ६.४५ मा टेलिफोन गरेकी थिइन । उनकै फोनका आधारमा ब्यापारी श्रेष्ठ आफ्नो निजि सवारी साधन लिएर घरबाट निस्केका थिए । युवतीसँग निजि सवारी साधनमा गइरहेका बेला रमेश भन्ने मनबहादुर पुनमगर, रुगत थापामगर, अविरल महतरा र जमा पुन, र टिकाराम घर्तिले श्रेष्ठलाई अपहरण गरि सल्यान पुरयाएका थिए । घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने तीन जना फरार रहेका छन् । फरार हुनेमा युवतीसमेत छिन् । सल्यानको छत्रेश्वरी ओडारमा हत्या गरी फालिएका ब्यापारी श्रेष्ठको शव प्रहरीले परिवारलाई बुझाएको छ । ब्यापारी श्रेष्ठको आज अन्त्यष्टि गरिएको छ ।
श्रोत : Yes KATHMANSU

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.