एजेन्सी – कमेडियन कपिल शर्माको लागि यो वर्ष नराम्रो रुपमा देखापरेको छ । सहकर्मी सुनील ग्रोवरसँगको झगडाभएपछि उनि पछिल्लो समयदेखि तनावमा रहेका छन् । उनलाई बारमबार स्वास्थ्यले पनि दुःख दिन थालेको छ। ‘द कपिल शर्मा शो’ सुटिङ गर्दागर्दै कपिल पछिल्ला दुई महिनामा तीनपटक बेहोश भएका थिए । बिरामी भएर सुटिङ नभएपछि कतिले यसलाई कपिलको गैरजिम्मेवारी भने त कसैले तनावलाई कारण देखाए।
भारतीय समाचारमाध्यमले जनाए अनुसार कपिलको दिदी पूजाले कपिललाई अहिले धेरै स्वास्थ्य समस्या आइरहेको बताएकी छन्। उनले भनेकी छन्, ‘आजभोलि भाइ कपिलको स्वास्थ्य राम्रो छैन। उनी बिरामी छन् र मानिसहरु भने उनलाई गैरजिम्मेवार भनिरहेका छन्। उनले आफ्नो काम पूरा सम्मानका साथ गर्छन्, तर सुटिङ किन रद्द भयोभन्ने बारे सफाइ भने दिदैंनन्।’ पूजाले भनेअनुसार कपिल डिप्रेसनको शिकार भएका छन्। उनी चिन्तित छन् र भित्रभित्रै डिप्रेसनले उनलाई सताइरहेको छ।
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.