डान्सबारबाट १९८ जना युवायुवती पक्राउ

काठमाडौँ, १७ असार । प्रहरीले बालाजुमा रहेको हिमालय डान्सबारबाट १९८ जना युवायुवतीलाई आज पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले पक्राउ पर्नेमा कक्षा ८ देखि १० जोड दुई पढ्ने विद्यार्थी रहेको जानकारी दिनुभयो । पक्राउ पर्ने १५८ युवा र ४० युवती रहेका छन् ।

पक्राउ परेका अधिकांशले मादक पदार्थ र धूमपान गरेको भेटिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “साङ्गीतिक कार्यक्रममा सहभागी हुन त पाइन्छ तर विकृत रुपमा यसलाई प्रयोग गरेको पाइयो ।”

मादक पदार्थ खाएर होहल्ला गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनीहरुले सो डान्सबार भाडामा लिएर ‘डान्स पार्टी’को आयोजना गरेको भेटिएको छ । रासस

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.