साउदीमा एक नेपालीले ८० लाख रुपैयाँ ब्लडमनी तिर्नु परेन, आजै नेपाल फर्कदै

काठमाडौं, साउन ३ – तीन लाख रियाल (झण्डै ८० लाख रुपैयाँ) ब्लड मनी तिर्नु पर्ने मुद्धा खेपी रहेका एक नेपालीलाई साउदीको उच्च अदालत निर्दोष रहेको फैसला गरेको छ ।

साउदीको अरारमा रहेको खलिफ अल फला कम्पनीको पानी ट्यांकरको चालकका रूपमा ६ वर्षदेखि कार्यरत मकवानपुरको कुलेखानीका दिनेश गोलेलाई तल्लो अदालतले दोषी ठहर गरेको थियो । गोलेले चलाउने ट्याङ्करमा कार ठोक्किदा चार जना साउदी नागरिकको ज्यान गएको थियो ।

२०७२ कार्तिक ७ गते गोलेले सडकमा पानी लगाइरहेको अवस्थामा साउदी नागरिकले चलाएको कार ठोक्किएको हो । तल्लो अदालतले सडकमा सूचना संकेत उपयुक्त आकारको नराखिएका कारण दुर्घटना भएकाले गोलेको २५ प्रतिशत दोष भएको भन्दै तीन लाख रियाल ब्लड मनी तिर्नु पर्ने फैसला गरेको थियो ।

तर त्यस फैसलाका विरुद्ध उच्च अदालतमा पुनरावेदन गरिएको थियो । फैसला पछि उहाँका परिवारले सञ्चारमाध्यम र नेपाल सरकारसँग पनि सहयोगका लागि अपिल गरेका थिए । आफूसँग रकम नभएको भन्दै गोलेका बुवा ठूलाकान्छा गोलेले सरकारसँग सहयोगका लागि अनुरोध गर्नुभएको थियो ।

उच्च अदालतले फैसला सुनाएपछि गोलेले न्याय पाउनु भएको छ । उहाँले तिर्नुपर्ने भनिएको ब्लड मनी बीमा कम्पनीले व्यहोर्ने र गोलेलाई अभियोगबाट मुक्त गर्न अदालतले आदेश दिएको थियो । नेपाली साझा मञ्चका साउदी अरबका अध्यक्ष महेश श्रेष्ठका अनुसार गोले मंगलबार नै नेपाल आइपुग्नु हुनेछ । ujyaaloonline

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.