टेकअफ र ल्याण्डिङ गर्दा क्याप्टेन विजय लामा भन्छन्–कुलमानकी जय ! (भिडियो)

काठमाडौं । नेपाल एयरलाइन्सका सिनियर क्याप्टेन विजय लामालाई आकासबाट देखिने राजधानी काठमाडौंको रात्रीकालीन दृश्य हिजोआज आनन्दको लाग्छ। त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट रातको समयमा उड्दा र विमानस्थलमा ओर्लदा उज्यालो काठमाडौं देखेर उनी मनमनले विद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङ र तात्कालीन उर्जामन्त्री जनार्दन शर्माप्रति अभारी हुन्छन्।

‘एउटा समय थियो विमानस्थल ओर्लदा एउटा अँध्यारो दुलोभित्र छिरेको जस्तो लाग्थ्यो,’ लामाले डिसी नेपालसँगको कुराकानीमा भनेका छन्– ‘अहिले हरेकपटक आउँदा कुलमानकी जय, कुलमानकी जय भन्छु,’ उनले थपे ‘अनि हाम्रो जनार्दन शर्माज्यूकी जय भन्छु,’ उनले अगाडि थपे ‘म कुनै राजनीतिक व्यक्ति त हैन तर राम्रो कामलाई जसले गरेपनि जय भन्छु।’

लोडसेडिङको समयका पुराना दिन सम्झिदै लामा भन्छन्– ‘यस्तो हास्थ्यो विदेशीहरु, काठमाडौं अन्तराष्ट्रिय विमानस्थल भित्र छिर्दा थोरै मात्रै बत्ती हुन्थ्यो बाँकी सबै अन्धकार हुन्थ्यो।’

लामाको अन्तराष्ट्रिय उडानमा मात्रै १६ बर्षको अनुभव छ। ३० बर्षदेखि उनकाे जहाज उडाएको अनुभव छ। उनी सुनाउँछन्– ‘अहिले काठमाडाैं सहर र विमानस्थलमा जताततै उज्यालो हुन्छ, जताततै बत्ती भएर रन वे कुन हो भनेर छुट्याउनु पर्छ, पहिले त रन वे मा मात्रै बत्ती हुन्थ्यो।’dcnepal

क्याप्टेन लामाकै मुखबाट सुनौ लोडसेडिङ हटे पछिको रात्रीकालीन उडान अनुभव–

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.