बेइजिङमा चीन–भारत भिडन्त सुरु भएको खबर फैलिएपछि

बेइजिङमा चीन र भारतबीच भर्खरै भिडन्त सुरु भएको र चिनियाँ सेनाको थप शक्ति चीन, भारत र भुटानको त्रिदेशीय सिमा क्षेत्रतर्फ अगाडि बढेको अपुष्ट खबर फैलिएको छ।

चीनको सरकारी सञ्चार माध्यम र सरकारका कुनै पनि निकायबाट पुष्टी नभएको यो खबर अहिले चिनियाँ सामाजिक सञ्चालमा भने भाइरल बनेको छ।

चीन र भारतबीच भारत–भुटान–चीनको त्रिदेशीय सीमा डोकलाङलाई लिएर तीन सातादेखि तनाव निकै बढेको बेला शुक्रबार दिल्लीस्थित चिनियाँ दूताबासले भारतमा रहेका आफ्ना नागरिकका लागि ‘सुरक्षा परामर्श’ जारी गरेको थियो। त्रिदेशीय सिमा क्षेत्रमा भारतीय र चिनियाँ सेना निकै सतर्क अवस्थामा रहेका छन्।

बेइजिङस्थित नेपालखबर प्रतिनिधि लक्ष्मी लम्सालका अनुसार चिनियाँ भाषाको एउटा अनलाइनले आइतबार अपरान्ह दिएको खबरलाई चीनका अन्य सञ्चार माध्यमले भने प्रकाशित गरेका छैनन्। र, चीनका कुनै पनि सरकारी निकायले पुष्टी पनि गरेका छैनन्।

लम्सालका अनुसार आइतबार अपरान्ह फैलिएको अपुष्ट खबरमा ‘चीन र भारतबीच भर्खरै भिडन्त सुरु भएको र चिनियाँ सेनाको थप शक्ति सिमा क्षेत्रतर्फ अगाडि बढेको’ उल्लेख गरिएको छ।

‘यो अनलाइन कति विश्वसनीय हो भन्ने थाहा हुन सकेको छैन र समाचारमा विस्तृत विवरण पनि छैन’, लम्सालले भने, ‘तर यसअघि चिनियाँ सेनाले भारतीय सेनालाई अगाडि नबढ्न, फर्केर जान भन्दै आएको उल्लेख छ।’

चिनियाँ पक्षले अहिले वातावरण नरहेको भन्दै जर्मनीमा भइरहेको जी २० सम्मेलनको क्रममा चीनका राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको साइडलाइन भेटवार्ता पनि अस्वीकार गरेको थियो।

शीर्ष भेटवार्ता रद्द हुँदा र चीनले आफ्ना नागरिकका लागि भारतमा ‘सुरक्षा परामर्श’ जारी गर्दा तिब्बत–सिक्किम सिमा क्षेत्रमा तनाव झन् बढेको पुष्टी भएको छ। nepalkhabar

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.