संसारमा सबैभन्दा बढी चरा पालेर यी स्वामीले गिनिज बुक अफ वल्र्ड रेकड्र् राखे

भारत – भारतको मैसुरमा बस्ने ७५ वर्षीय डा गणपति सच्चिदानन्द स्वामीजीले हालै आफ्नो नाम गिनिज बुक अफ वल्र्ड रेकड्र्समा दर्ता गराएका छन् । यी स्वामीले संसारमा सबैभन्दा बढी चरा पालेर रेकर्ड राखेका हुन् ।

स्वामी अबधुत दत्ता पितम आश्रमका संस्थापक हुन् । उनले आफ्नो पूरा जिन्दगी चराको रेखदेखमा समर्पित गरेका छन् । गिनिज बुकका अनुसार स्वामीजीले चार सय ६८ प्रजातिका झन्डै २१ सयवटा रंगीविरंगी चरा पालेका छन् । चराहरूको हेरचाहका लागि स्वामीले सन् २०१२ मा सुका वाना नामक पुनरुद्धार केन्द्र पनि खोले ।

स्वामीलाई चरा संकलन गर्ने सोख छ । त्यसैले उनी विश्वका थुप्रै स्थानमा घुमेर चरा खोज्ने गर्दछन् । उनले छुट्टाछुट्टै प्रजातिका चरा आफ्नो आश्रममा ल्याएर पाल्छन् । यति मात्रै होइन उनले घाइते, बिरामी तथा भड्किएका चराहरूलाई पनि आफ्नो आश्रममा आश्रय दिने गर्दछन् । चराहरूको राम्रोसँग हेरचाह गर्नका लागि उनले जंगलको बीचमा चिडियाघर बनाएका हुन् ।

स्वामीलाई चरा पाल्ने विचार त्यसै आएको भने होइन । एउटा यस्तो घटनाका कारण उनमा चरामोह बढेको हो । स्वामी ६ वर्षअघि भेनेजुयला घुम्न गएका थिए । घुम्ने क्रममा कसोकसो खुट्टा चिप्लिएर उनी झन्डै सय मिटर तल खस्न पुगे । जब उनी होसमा आए, तब उनले आफूलाई वरिपरि एक सयभन्दा बढी चराहरूले घेरेर बसेको पाए । नयाँ पत्रिकाले छापेको छ ।

त्यही दिनदेखि नै उनले उप्रान्त आफू चराहरूको हेरचाहमा लाग्ने निर्णय गरेका थिए । सोही अठोटका कारण उनले चिडियाघर खोलेका हुन् । उक्त आश्रममा स्वामीबाहेक झन्डै ५० जनाले दिनरात चराको हेरचाह गर्ने बताइन्छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.