यसरि थाहा हुन्छ श्रीमतीले धोका दिएको

तपाईं आफ्नी श्रीमतीलाई कत्तिको विश्वास गर्नुहुन्छ ? श्रीमतीबाट नजिकै बस्नुहुन्छ या टाढा ? तपाईंले आफ्नी श्रीमतीको विभिन्न क्रियाकलापबाट उसले धोका दिएको या नदिएको थाहा पाउन सक्नुहुन्छ ।श्रीमतीले धोका दिएको कसरी थाहा पाउने ? श्रीमती अन्त सल्केको यसरि थाहा हुन्छ हेर्नुस:

सबैभन्दा पहिलो हो फोन कल:
तपाईंको श्रीमती फोनमा कत्तिको झुन्डिन्छिन् ? तपाईँको अगाडि फोन आउँदा उनको हाउभाउमा कुनै परिवर्तन आउँछ कि आउँदैन ? बारम्बर फोन आइरहने फोन, स्वरको परिवर्तन, मेसेज गर्ने प्रवृत्तिहरुले पनि तपाईंले श्रीमतीले दिइरहेको छ या छैन भनेर थाहा पाउन सक्नुहुन्छ । फोन आएको बेला आवाज कम गर्ने, अकस्मात् बोल्ने शैलीमा परिवर्तन गर्छिन भने सम्झिनुस, उनको नियत ठीक छैन । थाहै नपाई तपाईमाथि धोका भइरहेको हुन सक्छ ।

केटी साथीहरुसँग घुलमिल:
उनका केटी साथी कति छन् ? केटी साथीसँग पहिलेको भन्दा बढी समय बिताउँछिन कि बिताउन्नन ? कतै केटी साथीलाई भेटन जाने भनेर अरु कसैलाई भेट्न त गएकी छैनन् ? केही समयअघिसम्म बेलुकी अरुसँग समय नबिताउने तपाईंको श्रीमती एकाएक धेरैजसो समय बाहिर नै बिताउने गर्न थाल्छिन् भने तपाईंमाथि धोका भइरहेको हुनसक्छ । तपाईंकी श्रीमती केटी साथीहरुसँग नभई अरु कुनै मानिससँग समय बिताइरहेको हुनसक्छ ।

नुहाउने र जीम:
विगतमा दिउँसो नुहाउने काम नगर्ने तपाईंकी श्रीमती घर फर्कने बेला नुहाएर आएको जस्तो देखिन्छिन् ? के उनी पहिलाको भन्दा जीममा बढी धाउने गर्दछिन् ? सम्झिनुस् त्यहाँ पनि तपाईंलाई गुमराहमा राखिएको हुनसक्छ ।

श्रीमतीको बास्ना
श्रीमतीले पहिले र अहिलेमा कत्तिको बास्नादार हुने गर्छिन ? उनीबाट महिलाको भन्दा पुरुषको बास्ना बढी आइरहेको छ ? उनको यो नयाँ बास्ना महिलाको भन्दा पुरुषको बढि हो कि, अथवा त्यस्तै खालको बास्ना आफ्नो कुनै साथीको हो कि त्यो याद राख्नुहोस् ।

आँखा जुधाई
पहिला आँखा जुधाएर कुरा गर्ने तपाईंकी श्रीमती अहिले प्रश्नहरु सोध्दा एकाएक यसो गर्न बन्द गरेकी छिन् भने होसियार हुनुहोस् ।

यौन विचलन
कतै तपाईंको श्रीमतीले तपाईंलाई झारा टार्ने गरी सेक्समा साथ मात्रै त दिएकी छैनन् ? के उनको सेक्स प्रतिको रुची पहिलाको भन्दा कम छ ? के उनले तपाईंले कहिले नगर्नुभएको तरिकाहरु अपनाउन अनुरोध गर्छिन् अथवा के उनले तपाईंलाई सेक्सका नयाँ तरिकाहरुको बारेमा सिकाउने गर्दछिन् ? त्यसो भए उनीमा शंका गर्ने आधारहरु धेरै हुन्छन् । अर्थात तपाईंमाथि श्रीमतीले धोका दिइरहेकी हुन सक्छिन् ।
-Dainik Nepal बाट साभार

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.