चल्दो करियरका बीच अमेरिका गएका अभिनेता सरोज खनाल पछिल्लो समय पुनः नेपाली सिनेमामा व्यस्त हुन थालेका छन् ।नायकका रूपमा चलिरहेका उनी हाल नायक नायिकाको बाबुको रोलमा ज्यादा व्यस्त हुन थालेका छन् । ‘समयअनुसार परिवर्तन हुन सकिएन भने मान्छे दुःखी हुन्छ । पहिले यस्तो छु भनेर बस्दा हराइन्छ,’ सरोज प्रतिक्रिया दिन्छन् ।
‘म यस्तो गीत गाउँछु’ फिल्ममा उनी नायिका पूजा शर्माको बाबु बनेका छन् । आफ्नो पात्रको बारेमा उनी भन्छन्, ‘यसमा म छोरीलाई आफ्नो अधिकारमा राख्न चाहने कठोर बाबुको भूमिकामा छु, जसले छोरीको हरेक निर्णयमा हस्तक्षेप गर्छ । एक किसिमले नकारात्मक चरित्र छ ।’ सिनेमामा आफ्नो भूमिका हेरेर आजभोलि अभिभावकले एउटा असल बाबुको जिम्मेवारी के हो राम्ररी बुझ्ने आशा राखेको बताउँछन्, ‘सन्तानको इच्छा बाबुआमाले बुझ्नुपर्छ । त्यहीअनुसार मार्गदर्शन गर्नुपर्छ जबर्जस्ती होइन ।’ annapurnapost
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.