झारफुक गर्ने बहानामा दुई महिला झाँक्रीबाट बलात्कृत ..

असार ३०, बेनी नगरपालिकाको एकै बस्तीका दुई महिला झारफुक गर्ने बहानामा झाँक्रीबाट बलात्कृत भएका छन् । झाँक्रीको काम गर्ने बागलुङ नगरपालिका–६ का काजु भनिने ५८ वर्षीय कर्णबहादुर किसानले एक साताअघि घरमै आएर एक दिन बिराएर दुईजना महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । आरोपी किसानलाई प्रहरीले उनको बागलुङस्थित घरबाट पक्राउ गरी शुक्रबार अदालतमा मुद्दा दर्ता गरेको छ ।

.

‘उपचार विधि बाहिर भनेमा झाँक्रीको मन्त्रले काम नगर्ने भन्दै तामा–तुलसी र हतियार छुवाएर सयौंपटक कसम खुवाई ढोका लगाएर सुरुमा मन्त्र भन्दै गुप्तांग पूजा गरी बलात्कार गरेको पीडितले बताएका छन्,’ प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले भनिन्, ‘लाज र डरले पहिलोपटक पीडित महिलाहरू चुप लागे पनि दोस्रोपटक भने घटना बाहिर ल्याए ।

.

धामीले महिलाको ढाड, कम्मर, तल्लो पेट दुख्ने रोगलाई सूत्रका रूपमा प्रयोग गर्ने गरेको खुलेको छ ।’

.

चिनजानका झाँक्री भन्दै बिरामी महिलाका परिवारले किसानलाई घरमा बोलाएका थिए । टाढाको झाँक्री आएको थाहा पाएर छिमेककी अर्की महिला पनि दोस्रो दिन झारफुक गराउन पुगेकी थिइन् ।

.

आफूलाई यौनशोषण गरेको घटना महिलाहरूको आपसी कुराकानीबाट खुलेपछि दुवै प्रहरीसम्म पुगेका थिए । झाँक्रीले कसुर स्वीकार गरेको खडकाले बताइन् । उनका अनुसार झाँक्री पक्राउ परेपछि अरू महिलाले पनि फोन गरी आफूहरू पनि पीडित भएको बताएका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.