७० वर्षमा जुम्ल्याहा जन्माएकी महिलाको कथा

सायद हरेक महिलाको सपना जिन्दगीमा आमा बन्ने र आफ्नो कोखमा बच्चा हुर्काउने हुन्छ । बच्चा पाउने र हुर्काउने प्रजनन उमेरमा हो । तर डाँडापारीको जून बनिसकेको विसर्जनकालीन उमेरमा समेत कतिपय महिलालाई सन्तान जन्माउने इच्छा हुँदोरहेछ ।भारतको उत्तर प्रदेशकी एक जना महिलाले ६ वर्ष पहिले ७० वर्षको उमेरमा जुम्ल्याहा बच्चा जन्माइन् । ओमकारी सिंह नामकी ती महिला यति पाको उमेरमा बच्चा जन्माउने सायद विश्वकी एकमात्र महिला हुन् ।जुम्ल्याहा बच्चा जन्मिएपछि उनले एउटाको नाम

आकाशवाणी राखिन् र अर्कोको नाम वर्षात राखिन् ।दुखेको कुरा जुम्ल्याहा छोरामध्ये वर्षात केही समयमै मृत्यु भयो । त्यसपछि उनको कोखमा एकमात्र छोरा बाँकी रह्यो, आकाशवाणी । बुढेशकालमा जन्मिएको त्यो छोरा ओमकारी र उनका पति चरणको सर्वस्व बन्यो ।,
ओमकारीको उमेर अहिले ७६ वर्षको पुगेको छ भने पति चरणमा ८९ वर्षका छन् । बुढ्यौली बढ्दै जाँदा बालक छोराको स्याहार गर्न ओमकारीलाई अप्ठेरो हुन थाल्यो । बुवा चरणले त छोरालाई उचाल्न पनि सक्दैनन् ।ओमकारी र चरणले उमेरमै एक छोरी जन्माएका थिए । छोरी जन्माएपछि अर्को सन्तान जन्माउन ठूलै कोसिस गरे तर गर्भ रहेन । उमेर ढल्किँदै गयो । तर यो दम्पतिको छोरा जन्माउने चाहना भने मरेन ।

८० कटेका लोग्ने र ७० वर्षकी स्वास्नीबाट प्राकृतिक सहवासका माध्यमबाट गर्भ रहन सम्भव थिएन । त्यसैले उनीहरुले टेष्टट्युब विधिबाट गर्भ राखेका हुन् र छोराको चाहना पूरा गरेका हुन् ।
बुढो उमेरमा बच्चा हुर्काउन निकै गाह्रो हुने अनुभव ओमकारीको छ । बच्चाको पछि कुँद्न, खाना बनाउन तथा दौडिएर हरेक काम गराउन निकै कठीन हुने उनी बताउँछिन् ।
तर उनले जसोतसो छोरा हुर्काएकी छिन् र छोरा हुर्काउनका लागि उनकी छोरी कमलाले

सहयोग पनि गरेकी छिन् ।छोरी कमलाको उमेर ५० वर्ष पुगिसकेको छ । आफुहरु मरेपनि छोरीले आफ्नो भाइलाई पालनपोषण गर्नेमा ढुक्क छिन् ओमकारी ।सास रहुन्जेल आस भनिन्छ नी । ८९ वर्षका चरण आफ्नो छोराको बिहे गरेर मात्र मर्न चाहन्छन् । बल्ल ६ वर्ष पुगेका छोरा आकाशवाणीको बिहे कहिले हुने हो थाहा छैन, तर बुहारी भित्राउने पाउने आशा चरणको छ । आफुले धेरै समय छोरासँग बिताउन पाउँ भन्ने चाहना उनको छ ।
इण्डिया टाइम्स तथा मिरर अनलाइनको सहयोगमा ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.