निधन भएको छोरा २ वर्षपछि आउदा जन्मदिने आमालाई कस्तो भयो होला

एजेन्सी । सन्तान आमा बाबुका लागि आफ्नो प्राण भन्दा प्यारो हन्छन् । आँफुले जन्माएर १९ वर्ष पुगेको छोरोको निधन हुनु त्यो भन्दा भयकंर चोट अरु केही हुदैन । झन निधन भएको छोरा २ वर्षपछि आउदा जन्मदिने आमालाई कस्तो भयो होला ? यो प्रसंग हो अमेरिकाको अलास्कामा हालै घटेको एउटा घटनाको ।

बेकी टर्नी नामक महिलाले आफ्ना छोराको रुपमा छोराकै मुटु प्रत्यारोपण गरिएका युवकलाई देखेपछि निकै दंग परिन् । अझ यो सप्राइज उनलाई आफूले विवाह गर्न लागेको केटाले दिएका कारण उनी अझ खुशी भइन् ।

दुलही बनेकी बेकी टर्नी दंग भइन्, उनको गला अवरुद्ध भयो । दुलाहा बनेका केलीले बेकीलाई उनको मरिसकेको भनिएका छोराको याद दिलाएर उपहार दिएका थिए । बेकीका छोरा सन् २०१५ मा १९ वर्षको उमेरमा बितेका थिए ।

४० वर्षकी बेकीले पनि आफ्नो छोराको मुटु प्रत्यारोपण गरेका ज्याकवको धडकन स्टेथेस्कोप लगाएर सुनेकी थिइन् । उनको यही तस्बिर अहिले सामाजिक सञ्जालमा निकै फैलिएको छ । ज्याकव बिहेको समारोहमा उपस्थित हुन ४ हजार ८ सय किलोमिटरको यात्रा गरेर आएको डेलिमेलले लखेको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.