चिकित्सकले मृतक घोषणा गरेकी महिला जिवितै भेटिएपछि…

गोकुल बानियाँ, पोखरा ३ साउन । पोखराको नयाँबजार स्थित गण्डकी मेडिकल कलेजले उपचाररत एक विरामी महिलालाई अलपत्र पारेको भन्दै मंगलवार दिउसो एकाएक सामाजिक सञ्जाल भरियो । उपचार नगरी निकाल्ने चिकित्सक र अस्पताल प्रशासनको विरोध भैरहेका छन् ।

खासमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडानम्बर ६ की ५५ बर्षीय मिठ्ठु नेपालीलाई आईतवार उपचारको लागि गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको थियो । अस्पतालको आइसियु कक्षमा उपचार गराइरहेकी उनको मंगलवार विहान सम्म अबस्था निकै नाजुक भएपछि आफन्तले चिकित्सकको सल्लाह लिए ।

फोक्सोमा समस्या भएकी मिठ्ठुको बाच्ने संभावना २० प्रतिशत मात्रै रहेको चिकित्सकले बताएपछि आफन्त थप उपचार भन्दापनि अब अरु पैसा नसक्ने र जति बाच्छिन् त्यति दिन आफन्तकोमा लगेर राख्ने निश्कर्षमा पुगे । मिठ्ठुका श्रीमान काले र उनका गाउले देवर भुमी बस्याल सहितले ज्वाईको गाडी मगाए । सामान बोक्ने गाडीमा हालेर मिठ्ठुलाई अस्पतालबाट निकाल्न खोजियो । तर अस्पतालभित्र रहेका अन्य मानिसले विरामीको अबस्था गम्भिर हुदा हुदै अस्पतालबाट निकालेको भन्दै लैजान दिएनन् । गम्भिर विरामी मिठ्ठु झण्डै एक घण्टा सोहि गाडीमा टन्टलापुर घाम खादै थिइन् । अन्य महिलाले उनलाई पानी खुवाइरहेका थिए ।

कास्छी छोरी रञ्जु बस्ने स्थान लेखनाथ लैजाने आफन्तको योजना विफल भयो । त्यतिबेला सम्म ट्याक्सी चढेर मिठ्ठुका श्रीमान् छोरीकोमा पुगिसकेका थिए । अन्य मानिसले विरामीलाई अस्पतालबाट वाहिर निकाल्न नदिएको भन्दै विरामीसँगै रहेको राजु परियारले फोन गरे । त्यसपछि उनीहरु पुन: अस्पताल फर्किए ।

चिकित्सकले मिठ्ठुको बाच्ने संभावना २० प्रतिशत रहेको बताएपनि उपचार खर्चको अभावका कारण उनीहरुले अस्पतालबाट निकालेर लैजान लागेको आफन्त भुमीले बताए । ‘ आइतवार भर्ना गरेको हो । मंगलवार सम्ममा डेढ लाख रुपैया सकियो, ’ उनले भने ‘ अब आश गर्ने अबस्था छैन भने किन खर्च गर्नु भनेर छोरीकोमा लैजान लागेका थियौ । ’ चिकित्सकसँगको सल्लाहपछि मिठ्ठुका श्रीमान्ले अब पैसा खर्च नगरु भन्ने निश्कर्ष सहित अस्पतालबाट निकाल्न खोजेका थिए ।

अन्तमा मंगलवार दिउसो मिठ्ठुका भाइले अझै केहि रकम खोजेर भएपनि उपचार गरौ भन्ने सल्लाह गरे र हाल उनी पुन: सोहि अस्पतालको आइसियुमा छिन् । पुन: अस्पताल भर्ना गरेदेखि साझ सम्ममा ३० हजार रुपैया भन्दा बढी खर्च भएको र अब धेरै खर्च गर्न सक्ने अबस्थामा आफन्त नरहेको समेत आफन्त भुमी बस्यालले बताए ।

उनलाई उपचारका लागि केहि दिन अघि पोखराको फिस्टेल अस्पतालमा समेत भर्ना गरिएको थियो । उपचार राम्रो नभएको र विरामीको अबस्थामा सुधार नआएको भन्दै धादिङ फर्काइएको र गाउँ लैजाने क्रममा बाटोमा अझै बढी गाह्रो भएपछि पुन पोखरा ल्याइएको हो । आइतवार फिस्टेल अस्पतालले भर्ना नलिएपछि उनलाई गण्डकी मेडिकल कलेज लगिएको थियो । मिठ्ठुका एक छोरा र ८ छोरी छन् । peacepokhara.com

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.