यी हुन संसारकै सुन्दरी भनिने ११ वर्षिया मोडल

एजेन्सी ।

सानै उमेरमा आफ्नो सुन्दरताको कारण चर्चित भएकी छिन् रुसी मोडल क्रिष्टिना पेमेनोभा। क्रिष्टिनाको जन्म २७ डिसेम्वर २००५ मा भएको थियो । हाल उनी ११ वर्षकी छिन् । ३ वषको उमेरदेखि नै उनी मोडलिङ लागेकी थिइन।

११ वर्षको सानो उमेरमै आफ्नो पहिचान बनाउन सफल क्रिष्टिनाको सामाजिक सन्जालमा धेरै फलोअर्स छन् । उनको इन्स्टाग्राममा १८ लाख फलोअर्स छन् भने फेसबुकमा ४४ लाख भन्दा बढि फलोअर्स भइसकेका छन्। क्रिष्टिनाको सोसल मिडिया अकाउन्ट उनकी आमा ग्लिकेरिया पेमेनोभाले ह्यान्डल गर्छिन् ।

संसारकै कान्छी सबैभन्दा सुन्दर युवती भनिने क्रिष्टनाले आफ्ना तस्विरको आलोचना समेत सामना गर्नुपर्छ । आफ्नो छोरीले केवल बेबीवेर लगाएर मात्र यस्ता तस्विर शुट गर्ने गरेको क्रिष्टिनाको आमाको भनाई छ ।

क्रिष्टिनाको फेसवुक पेजमा केहि नियमहरु लेखिएको छन्, जसमा उनको पेज शेयर गर्ने व्यक्ति फ्रेन्ड्ली हुनु पर्ने र आपत्तिजनक शव्द प्रयोग गर्न नहुने छ । साथै कमेन्ट गर्दा अंग्रेजी र रसियन भाषाको मात्र प्रयोग गर्नुपर्ने नियम उल्लेख गरिएको छ । यदि कुनैपनि प्रयोगकर्ताले नियमको पालना नगरेको खण्डमा सिधै ब्लक गरिने समेत उल्लेख छ । क्रिष्टिनाको आमा पनि मोडेल हुन भने उनका बाबु फुटवल खेलाडी हुन् ।

http://ift.tt/2tLm3As
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.