एकै दिनमा २ हजार चालक ट्राफिक कारवाहीमा

काठमाडौं, असार २२— काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउने २ हजार ७८ जना सवारी चालकहरु कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीले बुधबार उनीहरुलाई विभिन्न कसुरमा कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सबैभन्दा धेरै कारबाहीमा पर्नेमा लेन उल्लंघन गर्ने ५ सय २ जना चालक छन् । त्यस्तै जथाभावी यात्रु चढाउने र ओराल्ने ३ सय ४७ जना, जथाभावी हर्न प्रयोग गर्ने २ सय ४२ जना, सडक तथा फुटपाथमा पार्किङ्ग गर्ने १ सय ४३ जना, सिट बेल्ट प्रयोग नगर्ने १ सय १७ जना, जेब्रा क्रसिङमा सवारी साधन रोक्ने तथा पैदलयात्रुलाई समेत प्राथमिकता नदिने १ सय २ जना र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ६८ जना चालक पनि कार्वाहीमा परेका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.