पाँच दिनमा बनेका सेलीब्रेटी दुर्गा : बम फाल्ने आँट यसरी आयो उनलाई

काठमाडौँ । मान्छेको जिवनमा कहिले के हुन्छ कसैलाई थाहा हुँदैन । त्यस्तै भयो ५ दिनका लागि दाङ काज खटिएका दुर्गाबहादुर सुवेदीको हकमा पनि । काठमाडौंबाट दाङ खटिँदा सामान्य हवल्दार थिए ५ दिनपछि फर्किंदा सेलीब्रेटी पनि भएका छन् । आजको नेपाल समाचरपत्रमा खबर छ ।

कुरा उनै बम समातेर फाली सर्वसाधारण जनताको ज्यान जोगाउने हवल्दार दुर्गाबहादुर रानाको हो । कसरी बम समातेर फाल्ने आँट आयो भन्ने प्रश्नमा उनले भने, प्रहीले दिएको जिम्मेवारी पूरा गर्न म सहित ६७ जनाको टिम दाङ पुगेका थियौं । र, मलाई तुलसीपुरस्थित अम्बास मतदान केन्द्रमा खटाइयो ।

बिहान नौ बजेसम्म केही पनि भएको थिएन । साढे ९ बजे बुथ केन्द्रमै पुग्ने गरी पूर्व दक्षिण भागबाट बम आयो । त्यस ठाउँमा हुस्सु लागेको थियो ।कसले बम फाल्यो भन्ने थाहा हुन सकेन । बम खस्न लागेको मात्र देखें । मलाइ बमसम्बन्धी सामान्य जानकारी थियो । त्यो सकेट बम रहेछ ।

जति टाढा फाल्यो उति सुरक्षित भइन्छ भनेर आत्माले सोच्यो । र बम हातमा समात्नेबित्तिकै फाल्दिहालें । फालेको दुई-तीन सेकेन्डमा निकै ठूलो आवाजले पड्कियो । र सबैले सहज तरिकाले मतदान गर्नुभयो ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.