छोरा टाइगरको सुरक्षाका लागी आमा आयशाले खटाइन पाँच जना बडीगार्ड

एजेन्सी- बलिउडमा टाइगर श्राफ पछिल्लो समय चलेको कलाकारको सुचिमा पर्छन । उनी पछिल्लो फिल्म मुन्ना माइकल’को प्रमोसनमा व्यस्त रहेका छन् ।

टाइगर विभिन्न सहरमा फिल्म प्रमोसनमा व्यस्त भइरहँदा उनकी आमा आयशाले भने नयाँ फैसला लिएकी छिन् ।

टाइगरको सुरक्षामा आयशाले पाँचजना बडीगार्डसँग सम्झौता गरेकी छिन् । भारतिय मिडियाका अनुसार यी पाँचैजना अब सधै टाइगरको पछिपछि रहने बताइएको छ । हैदराबादको एक प्रमोसनमा टाइगर फ्यानहरूको घेरामा परेपछि आयशाले उनका लागि यतिका धेरै बडीगार्ड राख्ने निर्णय गरेकी हुन् ।

हैदराबाद जाँदा टाइगरको साथमा एकजना मात्रै बडीगार्ड थिए । हैदराबादमा टाइगरलाई फ्यानको घेरा तोड्न मुस्किल परेको बताइएको छ ।उनी पछिल्लो समय नायिका दीशा पटानीको प्रेमका कारण पनि चर्चामा रहेका छन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.