पूर्वपोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोन आमा बन्दै

एजेन्सी– पूर्वपोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोन आमा बन्ने भएकी छिन् । उनले हालै एउटा अन्तर्वातामा आफू आमा बन्न लागेको खुलासा गरेकी हुन् ।आमा बन्न शारीरिक रूपमा आफूलाई मुस्किल हुन सक्ने बताउने सनीले आफ्नो जिन्दगीमा अहिले धेरैथोक भएको अपूरो कुरा गरेकी छिन् । ‘कसले भन्न सक्छ कि यो हुन सक्दैन, म केही दिनमा आफ्नो हातमा एउटा बच्चा लिएर आऊँ अनि मान्छेहरू त्यो बच्चा कहाँबाट आयो भनेर चकित परून्,’ सनीले भनेकी छिन्, ‘यो असम्भव पनि छैन । हुन नसक्ने कुरा पनि होइन ।’

सनीको यस्तो अभिव्यक्तिबाट भारतीय मिडियाले ठोकुवा गरेका छन् कि उनी सेरोगेसी (भाडाको कोख)को मद्दतबाट आमा बन्दै छिन् । बलिउडमा पछिल्लो समय सेरोगेसीको प्रचलन बढेको छ । आमिर खान, शाहरुख खान, करण जौहर, सोहेल खान, तुषार कपुरलगायतका केही सेलेब्रिटी यही प्रक्रियाबाट बाबु बनेका छन् ।

एकातिर आफ्नै कोखबाट आमा बन्न मन लागेको र अर्कोतिर सेरोगेसीमा पनि मन गएको दोधारे कुरा सनीले गरेकी छिन् । शारीरिक कमजोरीका कारण सनीले सेरोगेसी अपनाउन लागेको पनि खबर चलेको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.