नेपाली नायक प्रसान्त तामांङमाथी भारतीय प्रहरीको कार्वाही

आषाढ १७,काठमाण्डौ । गायक एवं अभिनेता पूर्व इन्डियन आइडल प्रशान्त तामाङलाई भारतीय प्रहरीले अनुशासन कारवाही गर्दै सेवाबाट बर्खास्त गरेको छ । कलकत्ता पुलिसमा जवान पदमा कार्यरत तामाङ इन्डियन आइडल भएपछि लामो समयसम्म बिदा बसेको कारण देखाउँदै उनलाई बर्खास्त गरिएको हो ।
एक बंगला दैनिकलाई उदृत गर्दै सिक्किमबाट प्रकाशित हाम्रो प्रजाशक्ति दैनिकले बिहीबारको अंकमा तामाङ सेवाबाट बर्खास्त भएको खवर छापेको छ । तामाङ सन् २००९ देखि २०१४ सम्म १ हजार ८ सय ७० दिन गयल भएको समाचारमा उल्लेख छ ।

पश्चिम बंगाल प्रहरीले गयल हुनुको कारण पेश गर्न गत जुन १३ तारिखमा सूचना प्रकाशित गरेको थियो । चित्तबुझ्दो कारण नदेखिएपछि तामाङलाई सेवाबाट बर्खास्त गरिएको हो । प्रशान्तका बाबु मदन तामाङ पनि पश्चिम बंगाल प्रहरीमा कार्यरत थिए । सेवामा रहेकै बखत निधन भएपछि छोराले प्रहरीमा भर्ति पाएका थिए ।
इन्डियन आइडल भएपछि तामाङ भारत, नेपाल तथा नेपालीभाषी समुदायका स्टेज कार्यक्रममा सहभागी हुन थालेका थिए भने उनले नेपालमा बिभिन्न फिल्ममा अभिनय पनि गरेका छन् । उनले अभिनय गरेको गोर्खापल्टन फिल्मले राम्रो सफलता पाएको थियो ।
-DainikHeadlines

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.