सुन्तलीले यसरी मनाइन् जन्म दिन

हास्यकलाकार कुञ्जना घिमिरे (सुन्तली)ले मुसहर बालबालिकासँग आफ्नो जन्म दिन मनाएकी छिन् । महोत्तरी बर्दिबासमा रहेका मुसहर बालबालिकालाई टिफिन बक्स वितरण गरेर जन्म दिन मनाएकी हुन् । मुसहर बालबालिकाले सम्मान र शुभेच्छासहित कुञ्जनाको जन्म दिनलाई विशेष बनाइदिएका छन् ।

 

उनीहरुले गरेको सम्मानले आफुलाई भावुक बनाएको कुञ्जना घिमिरेले बताएकी छिन् । मुसहर बस्तीका बालबालिकामा आएको परिर्वतन देखेर आफुहरु भावुक बनेको उनको भनाई छ । जुन परिर्वतनको अपेक्षा गरेका थियौँ, त्यो देख्न पाउँदाको आनन्द शब्दमा व्यक्त गर्न सकिरहेको छैन, कुञ्जनाले भनिन् ।

‘मुसहर बालबालिका नियमित पढ्न थालेका छन्, तर उनीहरुलाई घरबाट खाजा लैजानका लागि समस्या छ । त्यसैले जन्म दिनमा हुने खर्चले टिफिन बक्ससँगै केहि शैक्षिक सामग्री किनेर दिएँ, उनीहरुसँगै रमाईलो गरेर जन्म दिन मनाएँ’ सुन्तलीले भनिन् ।

 

सरसफाई अभियानका क्रममा मुसहर बस्ती पुगेका धुर्मुस सुन्तलीले गएको वैशाखमा ५३ परिवार मुसहरहरुका लागि एकिकृत बस्ती हस्तारण गरेका थिए । बालविवाह, अशिक्षा, गरिबीलगायतका समस्याबाट पिल्सीएको मुसहर समुदायमा धुर्मुस सुन्तली प्रवेश गरेपछि निकै परिर्वतन भएको थियो । उनीहरुकै कारण बस्तीका १ सय भन्दा बढी बालबालिका नियमित विद्यालय जान सुरु गरेका थिए ।

त्यहि परिर्वतनबाट प्रभावित भएर धुर्मुस सुन्तलीले मुसहर नमूना एकिकृत बस्ती निर्माण गरेका थिए । बस्ती हस्तान्तरण गरिसक्दा मुसहरहरुप्रतिको माया अझै बढेर गएकाले जन्म दिन मनाउन धुर्मुसलाई लिएर बर्दिबास पुगेको कुञ्जना घिमिरेले बताएकी छिन् ।

 

सुन्तलीको जन्म दिनमा संयोगवस मुसहर बस्ती अवलोकनका लागि कलाकारहरु शंकर बिसी, पशुपति शर्मा, मञ्जु पौडेल, रमेशराज भट्टराई, जानुका केसी, पल्पसा डंगो, सुशिला निरौला, जुनु रिजाल, रामचन्द्र फाफ्लेलगायत पनि मुसहर बस्ती पुगेका छन् ।


धुर्मुस सुन्तलीले मुसहर बस्ती निर्माण पश्चात नमुना नेपाल निर्माणको तयारीमा जुटेका छन् । नेपालका विविध भाषा, संस्कृतिको प्रतिनिधित्व हुने गरी निर्माण हुने नमुना नेपालमा नेपालको चिनारीको रुपमा रहेका लुम्बीनी, धरहरा, स्वयम्भु, पशुपतिलगायतका मन्दिर र मस्जिद निर्माण गर्ने उनीहरुको योजना छ ।

 

उक्त नमुना नेपालमा दुख र पिडामा रहेका सय भन्दा बढी पिडित परिवारलाई राखिनुका साथै पर्यटकीय गन्तव्य पनि बनाइने सिताराम कट्टेल बताउँछन् । पर्यटकबाट संकलन भएको रकमले अन्य सामाजिक कामहरु गर्ने उनको भनाई छ । gazzabkoonline

http://ift.tt/2tzstnE
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.