यस्तो छ रुद्राक्ष धारण गर्नुको चमत्कारी लाभ

धार्मिक विधीमा रुद्राक्षको ठूलो महत्व छ । सन्त, ऋषि एवं योगीहरुले रुद्राक्ष पहिरिने गर्छन् । हामीकहाँ रुद्राक्षको खेती र कारोबार समेत हुन्छ । तर, यसको महत्व के होला ?

हरेक धार्मिक विधी शरीर, मन र पर्यावरणसँग जोडिएको हुन्छ । रुद्राक्ष त्यस्तै फल हो, जसको धार्मिक महत्व त छँदैछ, आर्युवेदिक एवं प्राकृतिक महत्व पनि छ ।

के फाइदा

– रुद्राक्षले पैदा गर्ने इलेक्ट्रोम्याग्नेटिक गुणले शरीरमा चिकित्सकीय उपचार हुन्छ ।

– यसले हृदय रोग, उच्च रक्तचाप र कोलोस्टोर नियन्त्रण गर्न सघाउ पुर्‍याउँछ ।

– यसले स्मरण क्षमता बढाउँछ ।

– मधुमेह र मृगौला रोग नियन्त्रणमा पनि फाइदाजनक हुन्छ ।

रुद्राक्षको विज्ञान

वैज्ञानिक तथ्यले भन्छ, रुद्राक्षमा इलेक्ट्रोम्याग्नेटिक गुणको कारण अद्भूत शक्ति हुन्छ । यसको औषधीय क्षमता विद्युत चुम्बकीय प्रभावबाट पैदा हुन्छ । इन्टरनेशनल युर्निभर्सिटी फ्लोरिडाका वैज्ञानिक डेविड लीका अनुसार रुद्राक्षको प्रकृति इलेक्ट्रोम्याग्नेटिक वा प्याराम्यागनेटिक हुन्छ, यसको डाइनामिक पोलेरिटी विशेषता अद्भूत छ । यो आवेगले मस्तिष्कमा केहि केमकिल्सलाई प्रोत्साहित गर्छ, यस प्रकार शरीरको चिकित्सकीय उपचार हुन्छ । रुद्राक्षले शरीरमा स्पर्श गर्दा पनि भिन्नै महसुष हुन्छ ।

रुद्राक्षको मानसिक प्रभाव

रुद्राक्ष बौद्धिक क्षमता र स्मरणशक्ति राम्रो बनाउनमा पनि उपयोगी सावित भएको छ । रुद्राक्ष धारण गर्दा चिन्ता, तनाव हट्छ । र, उत्साह र उर्जामा वृद्धि हुन्छ ।

रुद्राक्षको मुटुमा प्रभाव

कीमोफार्माकोलिजिकल विशेषताका कारण रुद्राक्षले हृदयरोग, रक्तचाप एवं कोलोस्टोर नियन्त्रण गर्छ । स्नायु प्रणालीमा पनि यसको प्रभाव राम्रो हुन्छ । मृगौला एवं मधुमेह रोग नियन्त्रणमा समेत रुद्राक्ष उपयोगी सावित भएको छ ।

रुद्राक्षको धार्मिक महत्व

शिव पुराण अनुसार रुद्राक्ष भगवान शिवको कृपाको प्रतीक हो । रुद्राक्षको उत्पत्ति शिवको आँशुबाट भएको मानिन्छ । यो मनका शिवको आँशुबाट त्यसबेला बन्यो, जब उनी एक गहिरो ध्यानबाट बाहिर आए । उनको आँखा खुलेको बेला केहि आँशुको थोपा झर्‍यो । त्यही आँशुको थोपाबाट रुद्राक्ष नामक वृक्ष उत्पन्न भयो । onlinekhabar

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.