असार २०, २०७४ काठमाडौं : निजी हवाई सेवा प्रदायक एयरलाइन्स कम्पनीले आन्तरिक उडानको भाडा घटाएको छन्। वायु सेवा सञ्चालन संघले बुधबारदेखि लागु हुने गरी भाडा समायोजन गरेको हुन्। आइतबार नेपाल वायु सेवा निगमले हवाई इन्धनमा प्रतिलिटर चार रुपैयाँ घटाएसँगै सघंले पनि हवाई भाडा घटाएको हुन्।
इन्धनको मूल्य घटेसँगै भाडामा समायोजना गरिएको सिम्रिक एयरलाइन्सका बजार व्यवस्थापक प्रज्जवल थापाले जानकारी दिनुभयो। नयाँ भाडा लागू भएसँगै अब विराटनगर ७१ सय चार, भद्रपुर ८५ सय ७६, भैरहवा ५९ सय १३, धनगढी १२ हजार १९, नेपालगन्ज ९३ सय ६५, पोखरा ४६ सय ३४ र जनकपुर ३९ सय ४८ रुपैयाँमा यात्रा गर्न पाइने भएको छ।
यसैगरी सिमरा तीन हजार पाँच, भक्तपुर ३४ सय ५३, तुम्लिङटार ५६ सय २३ र माउन्टेन फलाइटको १० हजार आठ सय ६२ रुपैयाँ निर्धारण गरिएको छ।-AnnapurnaPost
http://ift.tt/2tHEnLk

Post a Comment
Thanks.