निशा अधिकारीले अर्कैसँग बिहे गरेपछि पुर्व प्रेमी दावा स्टेभेन शेर्पाले भने : ‘अब मेराे मेरो गाडी फिर्ता देऊ’

काठमाडौँ । खुशीको कुरा हो कि नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरबीचको लामो प्रेम सम्बन्ध दाम्पत्य सम्बन्धमा परिणत भयो । तर, दुःखको कुरा छ कि, अर्कोसँग विवाह गरिसकेपछि गाडी फिर्ता गरिदिए हुन्थ्यो, भन्दै एकजना धनाढ्य अहिले आफ्नो सर्कलका साथीभाइसँग रोइलो गर्दै छन् ।

मुख्यतः घरजग्गा कारोबारी, बैंक सञ्चालक हुँदै सांसदसम्म भएका ती धनाढ्यले नायिका निशालाई कुनै बेला अपार्टमेन्ट दिएका थिए । तर, निशाको मन अन्तै मोडिदा अपार्टमेन्ट छाडिन, गाडी भने साथमै छ । ०७० सालमा दोस्रो संविधानसभा सदस्य मनोनीत भएपछि निशालाई ती व्यापारीले समय दिन छाडे । त्यसपछि गोपीकृष्ण हलका सञ्चालक उद्धव पौडेलका छारो निरकसँग नजिकिइन । तर, निरकसँग पनि लामो मित्रता रहेन । जतिबेला सहाना बज्रचार्य र दावा स्टेभेन शेर्पा लिभिङ टुगेदरमा थिए, उनीहरुको सम्बन्ध टुट्नुअघि निशा मिल्ने साथी भइन् ।

स्रोतका अनुशार अहिले दावा र सहानाबीच सम्बन्ध राम्रो छैन । दावालाई पैसाको कुनै दुःख छैन । दावा हिजोआज नम्रता श्रेष्ठसँग नजिक छन् । उनी हुन नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाका छोरा । आङछिरिङका दुई श्रीमती । एउटा नेपाली र अर्को बेल्जियमकी । बेल्जियमकी आमाको नामबाट स्टेभेन जुराइएको हो । उनै निशाले गो गाडी फिर्ता नगरेपछि दावाले साथी सर्कलमा गुनासो गर्दै हिँडेको । जनआस्था साप्ताहिकबाट

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.