कोरियामा कामदारको तलब १६ प्रतिशतले बढ्यो, ४५ हजार नेपाली लाभान्वित हुने

कोरिया : दक्षिण कोरियामा कामदारको तलब १६दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । ज्याला निर्धारण समितिको शनिवार अबेर बसेको बैठकले तलब बढाएको हो । तबल वृद्धि गर्ने निर्णयले कोरियामा कार्यरत लाखौ कामदार तथा ४५ हजार भन्दा बढी नेपाली कामदार हर्षित भएका छन् ।
कोरिया सरकारले सन् २०१८ लागि इपिएस लगायत सम्पूर्ण कामदारको तलब १६.४५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । तलव वृद्धि भएसँगै कामदारको तलब प्रतिघण्टा ७५३० कोरियन वोन अर्थात नेपाली झण्डै ६८३ रुपैया पुगेको छ । जस अनुसार दैनिक आठ घण्टा काम गरेपछि महिनाको न्यूनतम तलब १५७३७७० वोन अर्थात मासिक नेपाली झण्डै एक लाख ४२ हजार सात सय ४७ रुपैया हुने छ ।

हरेक वर्ष जस्तै तलब वृद्धि गर्ने समय सीमा भन्दा निकै ढिला गरी शनिवार राती मजदुर र कम्पनी व्यवस्थापन पक्षबीच तलब वृद्धि गर्ने सहमति भएको अधिकारीहरुले बताएका छन् ।
आगामी वर्षका लागि वृद्धि भएको तबल गत वर्ष वृद्धि गरिए भन्दा दोब्बरले वृद्धि भएको हो । गत वर्ष सात प्रतिशतले तलव वृद्धि भएको थियो । जस अनुसार अहिले कामदारले प्रतिघण्टा ७४७० वोन पाउदै आएका छन् । सन् २०१८का लागि तलब तोक्न गत तीन महिनादेखि मजदुर, कम्पनी व्यवस्थापन र सरकारी प्रतिनिधीबीच बैठक बस्दै आएको थियो ।
तलब निर्धारण गर्ने विषयमा कम्पनी व्यवस्थापनले तलब वृद्धि गर्दा साना तथा मझौला कम्पनीहरु आर्थिक भारमा पर्ने र कम्पनी नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै तलब बढाउने पक्षमा देखिएका थिएनन् भने मजदुर संगठनहरुले अहिले जीवनशैली र मँहगीको हिसाबले तबल प्रतिघण्टा १० हजार वोन बनाउनुपर्ने माग राखेका थिए ।

कम्पनी व्यवस्थापन पक्ष तबल वृद्धि गरेपनि १५५ वोनले बढाउने प्रस्ताव राखेको थियो तर शनिवार राती १६ दशमल ४५ प्रतिशतले बढाउन राजी भएको हो । मजदुर संगठन भने दश हजार वोन हुनुपर्ने अडानमै रहेका छन् । दश हजार वोनका लागि प्रवासी मजदुर संघ एमटियूले यहाँको ठुलो मजदुर संगठन केसिटियूसँग मिलेर आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।
शनिवार तलब वृद्धि गर्ने त्रिपक्षीय सहमती अनुसार सरकारले त्यसलाई अगष्ट पाँच तारिख कानूनी प्रारुप दिने छ भने बीस दिनको अवधिमा संसदमा छलफल हुने छ । राष्ट्रपति मून जे इनले आफ्नो पाँच वर्षे कार्यकाल अर्थात सन् २०२२ सम्म प्रतिघण्टा दश हजार वोन पुर्‍याउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । annapurnapost

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.