मेसिनले धान रोप्दा किसान दंग

बर्दिया: बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्वर ८ स्थित मयुरवस्ती गाउँका किसानहरु हतार हतार खेततर्फ गैरहेका छन्। महिलाहरुलाई पनि उत्तिकै हतार छ।

एक हातले छातीमा वच्चा वोक्दै अर्को हातले वच्चा डोहोर्याउँदै हिडेका छन् कोही वाटोमा त कोही खेतको आलीमा। दृश्य कुनै मेलाको थिएन स्थानिय तह निर्वाचनबाट बर्दियामा अवरुद्ध भएको १४ औं राष्ट्रिय धान दिवसका अवसरमा रोपाई महोत्सव गर्न विहिवार ल्याईएको धान रोप्ने मेसिन हेर्नेको घुँईचो।

बढैयाताल गाउँपालिका वार्ड नम्वर ८ मयुरवस्ती निवासी किसान तिर्थ प्रसाद पँगाली भन्नुहुन्छ हाम्रो ठाउँमा धान रोप्ने मेसिन पहिलो पटक ल्याएपछि हेर्नेको घुईचो लाग्यो। हामी सबै मेसिन पनि हेर्ने अनि धान महोत्सव पनि मनाउने भनेर आएका हौं।

बल्ल मेसिन देख्न पाएका हामी ग्रामीण वस्तीका किसानहरुलाई वल्ल थाहाँ हुदैछ कृषि क्षेत्रमा पनि ठूलो प्रविधि हुने रैछ । उहाँले थप्नुभयो प्रविधि धेरै राम्रो लाग्यो यसको प्रयोग सवै किसानले गर्न सके उत्पादन पनि वढाउन सकिन्छ।

उहाँले अगाडी भन्नुभयो हामी किसान हरुले कृषि कार्यमा वैज्ञानिक प्रणाली अपनाउन सके समय, लागत र जनशक्तिको वचत हुने थियो । तर केगर्नु हामी गरीव किसानहरुको घरमा कहिले आउलान आधुनिक कृषि उपकरण उहाँको जिज्ञासा थियो । स्थानिय कृषक पँगालीले अगाडी थप्नुभयो यस्ता सामाग्रीले किसानलाई त फाईदा छदैछ छोटो समयमा उत्पादन बृद्धि गर्न पनि मद्दत पुग्छ । मान्छेले रोपे भन्दा राम्रो र छिटो भएपछि धान रोप्ने मेसिन तर्फ बर्दियाका किसानहरुको आर्कषण वढेको छ।

नेपालमा वर्षेनी २५ देखि ३० अरबको धान भारतबाट निर्यात हुने भएकाले देशलाई धानमा आत्म निर्भर वनाउँन वैज्ञानिक प्रविधिसँग किसानहरुलाई परिचय गराउनु परेको जिल्ला कृषि विकास कार्यालय बर्दियाका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले बताउनुभयो। उहाँले भन्नुभयो, ‘धानमा आत्म निर्भर बन्न बर्दियामा धानको पकेट क्षेत्र विस्तार भएको छ। जिल्लामा ५० हजार २५० हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ उहाँले थप्नुभयो धानको उत्पादन वढाउन वैज्ञानिक प्रविधिमा समेत जोड दिएका छौं।’

हामीले धानको निर्यातलाई कम गर्दै उत्पादन बढाउन बर्दियामा बाह्रमासे धान खेतीलाई प्राथमिकता दिएका छौ। जसअन्तर्गत वर्षे धानखेती हुने बर्दियाका किसानहरुलाई चैते धानखेती तर्फ प्रेरित गर्न धानको विउ, प्रविधि लगायतका कृषिजन्य सामाग्री उपकरणहरुमा अनुदान दिँदै आएका हौं। गत वर्ष देखि बर्दियामा शुरु गरिएको चैते धानखेती तर्फ किसानहरुको आर्कषण वढ्दै गैरहेको अधिकृत रावतको भनाई छ।annapurnapost

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.