आँधीसँगै भीषण बर्षाले आठको मृत्यु, सय बेपत्ता

नयाँ दिल्ली, १५ मङसिर । भारतको दक्षिणी भूभाग तामिल नाडू र केरला प्रान्तमा आएको भीषण आँधी र बर्षाका कारण कम्तीमा पनि आठजना व्यक्तिको ज्यान गएको बताइएको छ ।

सो आँधीका कारण कम्तीमा पनि १०० जना नागरिक हराएर बेपत्ता भएका पनि सो समाचारमा उल्लेख गरिएको नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । हराउने अधिकांश नागरिक माछामार्न समुद्रमा गएका थिए । उनीहरु धेरैजसो व्यवसायिक मछुवा रहेका बताइएको छ ।

शुक्रबार बिहानीपख यसको प्रभाव धरै देखिएको थियो । बिहीबार रातिदेखि नै व्यापक हावाहुरी आएको र पछि भीषण बर्षाले गर्दा यति ठूलो संख्यामा नागरिक हताहत र बेपत्ता भएका प्राप्त समाचारमा जनाइएको छ ।

तामिन नाडू, केरला र दक्षिणी भारतको लक्षदीप भन्ने स्थानमा यो आँधीले ठूलो असर गरेको छ । यहाँका संरचना एवम् प्राकृतिक स्रोत सम्पदामा पनि यस आँधीको ठूलो प्रभाव परेको बताइएको छ ।

सामुद्रिक किनाराका बस्तीहरुमा यसको झन ठूलो असर परेको छ । नागरिकहरुलाई सो क्षेत्रबाट सुरक्षितस्थलतर्फ जान भनिएको छ भने कतिपयलाई सारिएको पनि छ । ती स्थानमा आँधीले कम्तीमा पनि एक हजार वटा रुख

ढलाएको छ । त्यसैगरी बिजुलीका खम्बाहरु पनि ढालेकोले विद्युत अवरुद्ध बन्दै गएको पनि बताइएको छ । अहिले पनि ती क्षेत्रहरुमा आँधीको प्रकोप जारी नै छ । उद्वारको काम त्यसैले प्रभावकारी रुपमा गर्न नपाइएको अधिकारीहरुले जनाएका छन् । हराएका व्यक्तिको खोजी जारी छ, तर आँधीका कारण उनीहरुको अवस्था पत्ता लाग्न सकेको छैन । उद्वारकर्मीहरुले आँधीको प्रकोप कम हुनासाथै खोजी अभियान सुरु गर्ने बताएका छन् ।

The post आँधीसँगै भीषण बर्षाले आठको मृत्यु, सय बेपत्ता appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.