१५ मंसिर, भक्तपुर । हराएको एक सातापछि कुहिएको अवस्थामा भक्तपुरमा आज एक पुरुषको शव भेटिएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका– १० साँगा मुसी गणेश मन्दिर नजिकै खोल्सामा कुहिएको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
झापा धौलाढुवा नगरपालिका– ९ लकडी गड्डी टोल घर भई हाल सूर्यविनायक– ८ सिपाडोल बस्ने ३२ वर्षीय सतार जातका फागु टुडुको शव भेटिएको उनले जानकारी दिए ।
टुडु हराएर खोजी गर्न प्रहरीमा आफन्तले खबर गरेको केही दिनपछि आज स्थानीयवासीले शव फेला परेको जानकारी गराएपछि प्रहरीले शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएर अनुसन्धान सुरु गरेको श्रेष्ठले बताए ।
यो पनि पढ्नुहोस्…….
सेफ्टी ट्याङ्कीमा डुबेर एक जनाको मृत्यु : तेह्रथुमको आठराई गाउँपालिका–१, संक्रान्तिबजारस्थित निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
फेदाप गाउँपालिका–५, इसिवुका २५ वर्षीय दिपेन फोम्बोलाई ट्याङ्कीमा मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारले जनाएको छ ।
स्थानीय दलाहाङ माबोको निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीमा मृत भेटिएका दिपेन मंगलबार देखि नै बेपत्ता भएका थिए । २० फिट अग्लो डिलबाट लडेर ट्याङ्कीमा परेपछि फोम्बोको ज्यान गएको हुनसक्ने प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए । घटनाका विषयमा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
त्रिचन्द्र क्याम्पसमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि : काठमाडौंको त्रिचन्द्र क्याम्पस हाताभित्र फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।
प्रहरी प्रवक्ता मनोज न्यौपानेले अनलाइनखबरसँग भने, ‘बम डिस्पोजल टोलीले जाँचबुझ गर्दा बम नभइ मोटर चार्जिङ डाइनामो भएको पत्ता लागेको छ ।’
त्रिचन्द्र क्याम्पसको फुलपाती सेलाउने ठाउँमा फलामको डल्लोमा तार जोडिएको र बाहिर बम लेखिएको शंकास्पद वस्तु फेला परेको थियो । बम भएको हल्लाले सो क्षेत्रका बासिन्दा आतंकित भएका थिए ।
त्यसलगत्तै क्याम्पससँगै जोडिएको विश्वज्योती हल अगाडिको सडकमा समेत आवत-जावत बन्द गरेर अनुसन्धान गरिएको थियो ।
बम नभएको पुष्टि भएपछि सडक पनि खोलिएको र स्थिति सामान्य भइसकेको प्रहरीले जनाएको छ ।यि समाचारहरु हामीले नेपालको नं.१ अनलाइन पत्रिका अनलाइन खबरवाट साभार गरेका हौं।
The post भक्तपुरमा कुहिएको अवस्थामा शव फेला, सेफ्टी ट्याङ्कीमा डुबेर एक जनाको मृत्यु appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.