बढी सुन्दर हुनु यी युवतीका लागि भयो यस्तो अभिषाप

एजेन्सी । हरेक स्त्रीको चाहना हुन्छ सुन्दर देखिने । सुन्दर देखिनका लागि के के सम्म गर्दैनन् उनीहरु ? तर यहाँ एकजना केटीका लागि चाहीँ उनको सुन्दरता नै अभिषाप बनिरहेको छ । आफ्नो अत्यधिक सुन्दरताले उनलाई समस्या सिर्जना गरेको छ, बन्धन बनेको छ । उनी जहाँ जान्छिन्, मानिसहरु उनलाई घेर्न थाल्छन् र फोटो खिच्न थाल्छन् । यिनको तस्वीर हेर्दा सायद तपाईंलाई पनि लाग्दो हो के कुनै मान्छे यति धेरै सुन्दर पनि हुनसक्छ ? साँच्ची यी युवती चाहिने भन्दा बढी सुन्दर छिन् ।

२६ वर्षकी रुसी सुन्दरी एन्जेलिका किनोवा एक व्यवसायिक मोडेल हुन् । सुन्दरताको हकमा उनी ठ्याक्कै गुडिया जस्तै छिन् । शानदार फिगर तथा सुन्दर अनुहार । बच्चा देखि नै क्युट रहेकी एन्जेलिकालाई उनका बुवाआमाले पनि गुडिया जस्तै गरी माया गरेर हुर्काए । एन्जेलिकाको सुन्दरताको सबैभन्दा खास विशेषता भनेको के हो भने उनले यो सुन्दरता पाउनका लागि कुनै सर्जरी गर्नुपरेन । प्राकृतिक सुन्दरता तथा नियमित व्यायामका कारण उनले यस्तो फिगर बनाएकी छिन् । उनी भन्छिन्ः मेरा बुवाआमाले मलाई एक राजकुमारीलाई जस्तै गरी हुर्काउनुभयो । बुवाआमाले मलाई न त कहीँ बाहिर घुम्न जान दिनुभयो, न त कोही केटासँग डेटिङ जान नै ।

आफू अहिलेसम्म कुनै केटासँग डेटिङ नगएको र आफु व्यवहारिक जीवनमा फिट नभई ज्यूँदो गुडिया बनिरहेको उनको भनाई छ । उनको भोजन तथा व्यायामको कार्यतालिका उनका बुवाआमाले नै तय गरिदिन्छन् । उनले के लुगा लगाउने भन्ने कुरा उनकी आमाले तय गर्दछिन् । तर एन्जेलिका आफ्नो अहिलेको जस्वनसँग सन्तुष्ट छैनन् । एकदिन घरबाहिर निस्किएर आफ्नो तरिकाले जीवन जीउने इच्छा उनको छ । साथै उनी साँचो प्रेमको पनि पर्खाइमा छिन् ।

The post बढी सुन्दर हुनु यी युवतीका लागि भयो यस्तो अभिषाप appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.