इरानी महिलाहरु यति धेरै राम्री हुनुको कारण यस्तो छ…

इरान एक मुस्लिम बहुल देश हो । त्यहाँ महिलाको जीवन त्यती सहज छैन । यद्यपी सुन्दरताको कसीमा उनीहरुले विश्वका महिलाहरुलाई उछिन्छन् । कसरी ?
वंशानुगत गुण

इरानी महिला किन सुन्दर हुन्छन् ? यसको जस वंशानुगत गुणलाई दिइन्छ । अर्थात वंशानुगत रुपमै उनीहरु सुन्दर एवं आकर्षक अनुहार लिएर जन्मन्छन् । जन्मजात उनीहरुले सुन्दर अनुहार पाउँछन् ।
भौगोलिक प्रभाव

इरानी महिला संसारभरकै सुन्दर मानिनुको कारण त्यहाँको भूगोल पनि हो भनिन्छ । वैज्ञानिक दृष्टिकोणले हेर्दा उनीहरु बाँचेको भूगोल र प्राकृतिकले यसमा खास भूमिका खेलेको छ । किनभने त्यहाँको मौसम छालाको सुन्दरताको लागि एकदमै अनुकुल छ ।
पोषणयुक्त खानपान

इरानी महिला आकर्षक हुनुमा उनीहरुको खानपानले पनि काम गरेको छ । भनिन्छ, उनीहरु खानपानमा ज्यादै सर्तक छन् । इरानी महिला आकर्षक हुनुमा उनीहरुको जन्मजात गुण त छँदैछ, त्यसमाथि उचित खानपान नै हो ।

इरानी महिलाहरुले आफ्नो डाइटमा माछा र ओखर सामेल गर्छन् । उनीहरु मह पनि नियमित रुपले सेवन गर्छन् । ओखरमा भिटामिन इ पाइन्छ, जसले अनुहारमा चमक ल्याउँछ ।

इरानी महिलाहरु विशेषगरी गहुँलाई पिनेर बनाइएको खाना ‘बल्गर’ खाने गर्दछन् । यसले अनुहारको छालाको चमकका साथै शरीरीक बनावटलाई नियन्त्रित गर्ने गर्दछन् ।
अनुहारको मसाज

इरानी महिला आˆनो अनुहारलाई नरिवलको तेलले मसाज गर्दछन् । नरिवलको तेलले छालाको चमक बढाउँछ । जसका कारण बढ्दो उमेरको असर अनुहार दश भन्दा कम देखिन्छ । ओंठलाई सुन्दर बनाउनका लागि उनीहरु अनारको तेलको प्रयोग गर्छन् ।
गुलाबको पानीले अनुहार धुने

इरानी महिलाहरु गुलाबको पानीले अनुहार धुने गर्छन् । खराब अनुहार सुन्दर बनाउन यसले राम्रो काम गर्छ । गुलाबको पानीमा भिटामिन ए र ई हुन्छ, जो स्वस्थ्य छालाको लागि एकदमै आवश्यक मानिन्छ । इरानकी एक मोडलले दिएको अन्र्तवार्तामा यो रहस्य खुलाएकी थिइन् ।
दही र पुदिनाको सेवन

इरानी महिलाहरु धेरै भन्दा धेरै दही तथा पुदिनायुक्त पेय पदार्थ ‘शिनेना’को सेवन गर्दछन् । यसको सेवनले अनुहारको छाला तथा कपाललाई स्वस्थ राख्नुका साथै अनुहारमा चाउरीपना हुन दिदैन ।
सुप सेवन

इरानी महिला विशेषगरी, दही , तरकारी तथा मासुबाट बनेका सुपका सेवन अधिक मात्रामा गर्दछन् । यसले सौन्दर्य बढाउनुका साथै शरीरको तौलन नियन्त्रित रहन्छ ।
सर्जरीकेा साहारा

इरानी महिलाहरुमा प्लाष्टिक सर्जरीको क्रेज बढ्दो क्रममा छ । प्लाष्टिक सर्जरीकै कारण पछिल्लो समय उनीहरु आर्कषक देखिन थालेका छन् । त्यससँगै उनीहरुमा कन्ट्याक्ट लेन्सको प्रयोग बढ्नाले पनि यसको असर उनीहरुको जीवनमा देखिन थालेको छ ।

The post इरानी महिलाहरु यति धेरै राम्री हुनुको कारण यस्तो छ… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.