चिया बगानमा तस्विर खिच्दा नाङ्गेझार बनाई लुटपाट : प्रहरीद्वारा दुर्इ जना पक्राउ

झापा । अर्जुनधारा–११ स्थित गिरीबन्धु टी इस्टेटमा महिला र पुरुषलाई नाङ्गेझार बनाएर सामाजिक सञ्जालमा फोटो र भिडियो अपलोड गर्ने धम्की दिँदै लुटपाटमा संलग्न दुई युवालाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको छ । चिया बगानमा घुम्दै तस्वीर खिचिरहेका उनीहरुलाई एक समूहले घरेलु हतियार देखाई कपडा खोल्न लगाएर नाङ्गेझार पारेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा–११ निवासी १७ बर्षीय बिजयबहादुर मगर र सोही ठाउँका नवीन डाँगी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानवहादुर विष्टले जानकारी दिनुभयो ।

इलामबाट मितआमाको घर आएर इलाम फर्किदै गर्दा गिरी बन्धु टी इस्टेटमा भाइसँग तस्वीर खिच्दै गरेको अवस्थामा खुकुरीसहित आएका उनीहरुले सबै कपडा खोल्न लगाई तस्वीर खिचेको तथा साथमा भएको १२ हजार दुई सय रुपैयाँ लुटेको र एक लाख रुपैयाँ नदिए खिचिएको तस्वीर भाइरल बनाइ दिने भन्दै धम्क्याएको भन्दै पीडितहरुले इलाका प्रहरी कार्यालयमा निवेदन दिएको प्रहरी निरीक्षक विष्टले बताउनुभयो ।

पीडित महिलालाई चिया बगानमै दुई युवाले नाङ्गेझार बनाई राखेको र उनका भाइलाई थप एक लाख रुपैयाँ लिन युवाले बिर्तामोडतर्फ ल्याएका थिए । बैंकमा राखिएको रकम एटीएमबाट झिकेर दिन्छु भने पछि ती युवालाई उनीहरुले बिर्तामोड लिएर आएका थिए ।

बिर्तामोड आइपुगेपछि पीडित भागेर इलाका प्रहरी कार्यालय पुगेर प्रहरीलाई घटनाको विषयमा जानकारी गराएका थिए । घटना थाह पाए लगत्तै प्रहरीको टोली चिया बगान पुग्दा महिलालाई पूर्ण रुपमा नाङ्गै राखिएको भेटेपछि प्रहरीले तत्काल उद्धार गरी उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोड ल्याएको प्रहरीले जनाएको छ ।

नाङ्गेझार बनाएकी ती महिलालाई पक्राउ पर्ने मध्येका मगर र घटनामा संलग्न अर्का एक व्यक्तिले यौनशोषणको प्रयत्न समेत गरेको पीडित महिलाले प्रहरी समक्ष बयान दिएको प्रहरी निरीक्षक विष्टले जानकारी दिनुभयो । आफ्नो संवेदनशील अंगमा हात लगाउँदै लछारपछार गरेको उनले प्रहरी समक्ष उजुरी गरेकी छिन् प्रहरी निरीक्षक विष्टले भन्नुभयो ।

यता एक लाख रुपैयाँ माग गर्दै बिर्तामोडसम्म ल्याउने कार्यमा नवीन डाँगी संलग्न भएको प्रहरी स्रोतको भनाइ छ । घटनामा संलग्न एक व्यक्ति फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गिरी बन्धु टी इस्टेटमा विहीवार दिउँसो १ः३० बजेको समयमा मितआमाको छोरा (भाइ) सँग उनी घर फर्किन अघि तस्वीर खिचिरहेका बेला खुकुरीसहित आएका उनीहरुले आफूहरु दुबै जनालाई नाङ्गेझार बनाएर तस्वीर, भिडियो खिचेको र पछि पैसामा बार्गेनिङ गर्दै तस्वीर र भिडियो भाइरल बनाइदिने धम्की दिएको इलाका प्रहरी कार्यालयमा उजुरी परेसँगै प्रहरीले घटनामा संलग्नलाई आज जवरजस्ती करणी उद्योग र लुटपाट मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । purbelinews

The post चिया बगानमा तस्विर खिच्दा नाङ्गेझार बनाई लुटपाट : प्रहरीद्वारा दुर्इ जना पक्राउ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.