ज्वाला संग्रौला
साझा सवाल अंक ५२४ हेरेपछि रोल्पाको एक झुपडीमा जिन्दगीसँग सँघर्ष गरिरहेका दुईजना बुढाबुढी आमाबुवाका कथा ब्यथाले हृदय तहसनहस बनाईदियो।बिचरा यी बुढाबुढीका एउटै मात्र छोरा भुबन जनयुद्दको बेला शहीद भएका रहेछन् ।
शहीदका परिवारले पाउने दशलाख पनि यिनीहरुले आजसम्म पाएका छैनन्। बुढा बा भीरबाट लडेर हिँड्नै नसक्ने गरी थलिएका छन्।बुढी आमा राम्रो सँग बोल्न पनि जान्दिनन्।घरको छानो मकाएको छ, सिकुवाको डिल भत्किएको छ। अनुहारमा बाङगीटिङगा चाउरीका रेखाहरुले यिनीहरुको जीबनलाई छोट्याउँदै गएको भान हुन्छ।
माओवादीले थालेको सशस्त्र युद्धको उद्गमथलो रोल्पा, युद्ध रोकिएपछि कस्तो भयो होला ? युद्धकालमा योगदान गर्ने रोल्पालीको जीवन फेरियो कि उस्तै होला त ? रोल्पाको जेलबाङ, घर्तीगाउँ र थवाङ पुगेर तयार गरिएको साझा सवाल ।
साथमा पूर्व सभामुख ओनसरी घर्ती र माओवादी नेता वर्षमान पुन । शहीदका पीता-माता मङ्ले बुढा र फर्की बुढासँग जेलवाङमा भेटेर उनीहरूको अवस्था देखेपछि युद्ध हाक्ने नेताले कस्तो अनुभुति गरे ? -OsNepal बाट
The post ‘तिमीलाई सुरुवाल किन्दिने छोरोलाई चुँडेर लाने हामी नै हौं’ appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J

Post a Comment
Thanks.