दुनियाँलाई थाहा भइसक्यो पल शाह र आँचल शर्माका बीचको गहिरो प्रेम, तर यि दुईले अझै साथीको नाटक झै गरिरहेछन्

दुनियाँलाई थाहा भइसक्यो पल शाह र आँचल शर्माका बीचमा गहिरो प्रेम छ । निर्माता निर्देशकले पनि उनीहरुको मर्म बुझेर नै होला प्याकेजमा डिल गर्न थालेका छन् । जहाँ पललाई लिनु छ त्यहाँ आँचल पनि अटाउनु पर्यो । अझ म्युजिक भिडियोमा त कुरै भएन । पल र आँचलले बेग्लाबेग्लै खेलेका म्युजिक भिडियो पाउनै मुस्किल । तर, पनि जब पत्रकारले दुवैको रिलेसनसीपको प्रश्न सोध्छन् दुवैको जवाफ हुन्छ ,‘हामी असल साथी मात्र हौं । एक अर्काको साथ इन्जोए गर्छौं ।’शुक्रवार साप्ताहिकले छापेको छ ।

सँगै रहँदा बस्दा नजिक हुनु माया बस्नु कुनै अनौठो हैन । अझ ग्ल्यामर फिल्डमा त यस्ता घटना निमेषमा घट्छन् । तर, यहाँ जोडिनुभन्दा चैं टिक्नु ठूलो कुरा हो । यस हिसाबले हेर्दा पल र आँचलको जोडीले तीन वर्ष काटिसकेको छ । बजार हल्ला अनुसार दुवैको ‘नार्इँ नभन्नू ल ४’ सुटिङताका लभ परेको थियो ।
फिल्म उद्योगमा केही छन् जो छिन छिनमा प्रेम प्रदर्शन गरेर हैरान पार्छन् अनि कोही चैं पल र आँचल जस्ता छन् जो प्रेमी प्रेमिकाको रुपमा गर्ने जति सबै व्यवहार गर्छन् तर दुनियाँका अगाडि ‘साथी मात्र’ भएको नाटक गर्छन् । हेर्नुछ, दुवैको ‘नार्इँ’को नाटक कहिलेसम्म चल्छ ?

The post दुनियाँलाई थाहा भइसक्यो पल शाह र आँचल शर्माका बीचको गहिरो प्रेम, तर यि दुईले अझै साथीको नाटक झै गरिरहेछन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.