आजको राशिफलः वि.सं.२०७४ पौष १४ गते शुक्रबार

वि.सं. २०७४ पौष १४ गते शुक्रबार तदनुसार ई. सं. २०१७ डिसेम्बर २९ तारिख, साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३८, (पोहेलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५५ बजे र सूर्यास्त : साँझ ०५:१६ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४५ बजे र सूर्यास्त : साँझ ०५:११ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०७:०१ बजे र सूर्यास्त : साँझ ०५:२१ बजे, पौष शुक्लपक्षको एकादशी तिथि, साँझ ०५:२८ बजेसम्म, त्यसपछि द्वादशी तिथि, भरिणी नक्षत्र, बेलुका ०७:२१ बजेसम्म, त्यसपछि कृतिका नक्षत्र, चन्द्रमा मेष राशिमा, मध्यरात्रीपछि ०१:०३ बजेसम्म, त्यसपछि बृष राशिमा, सिद्धि योग, बेलुका ०६:५१ बजेसम्म, त्यसपछि साध्य योग, विष्टि (भद्रा) करण, साँझ ०५:२८ बजेसम्म त्यसपछि बब करण, आनन्दादि योग : मुद्गर, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : आग्नेय, वारशूल : पश्चिम, आजको चाडपर्व र उत्सव : पुत्रदा एकादशी व्रत, मन्वादि, पूर्व राजा श्री ५ वीरेन्द्रको जन्मोत्सव

आगामी ३ दिनभित्र पर्ने चाडपर्व र उत्सव तथा शुभ मूहुर्त : भोलिको चाडपर्व र उत्सव : शनि प्रदोष व्रत, तमु ल्होत्सार, मुस्याडुली (नेवारी पर्व), त्रिपुष्कर योग दिनको ०३।३७ बजेसम्म, पूर्वयुवराज पारसको जन्मदिन, १६ गते : राष्ट्रिय मेलमिलाप दिवस, १७ गते : अङ्ग्रेजी नयाँ वर्ष सन् २०१८ प्रारम्भ, पूर्णिमा व्रत, श्री स्वस्थानी व्रत प्रारम्भ,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ, यद्यपि आज आर्थिक समस्या हल गर्ने उपाय देखा पर्नेछ । ठूलो महत्त्वाकाङ्क्षा राखेर धनलगानी गर्नु राम्रो हुनेछैन । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैजनी पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ चित्रगुप्ताय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक÷सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नीलसरस्वत्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । आम्दानीमा कमी आउने छैन । गर्नैपर्ने काममा समेत जाँगर चल्ने छैन, यद्यपि बन्दव्यापारमा बेफाइदा हुँदैन । पारिवारिक चाप बढ्नाले काममा बाधा पुग्नसक्छ । नयाँ पेसा र बन्दव्यापारमा लगानी नगर्नु राम्रो हुन्छ । शत्रु र प्रतिस्पर्धीहरूको चलखेल बढ्ने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ भूमिदेव्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अध्यात्म र दर्शनप्रति मन आकर्षित बन्न सक्छ । परोपकारी विचार आउन सक्छन्, त्यस्तै प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक÷सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । सार्वजनिक हीतका क्षेत्रमा सक्रियता बढ्ने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

झिनामसिना र सानातिना घरायसी कामहरूमा समय व्यतीत हुनेछ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ, तर बाटो काट्दा वा गाडी हाँक्दा लापरबाही नगर्नु होला । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कालभैरवाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

बन्दव्यापार र व्यवसायबाट राम्रै लाभ हुन सके पनि घरायसी मामिला र प्रेमसम्बन्धका दृष्टिले कमजोर दिन छ । मानप्रतिष्ठा र उन्नति÷प्रगतिका लागि दौडधूप गरिने छ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले हाँके÷ताकेका काममा सफलता मिल्नेछ । परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गृहलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मुखमा सरस्वतीको बास भएको दिन हो, त्यसैले महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । आजको चिन्तन र उपायले काम गर्नसक्छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । प्रेम र प्रणयतर्फ आकर्षण हुनसक्छ । प्रतियोगिता र प्रतिस्पर्धामा विजय मिल्नेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाउन सकिने छ । घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । मातापितासँगको सम्बन्धमा समेत निराशा भाव आउनसक्छ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । आजका लागि शुभअङ्क ४ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । आम्दानीमा कमी आउने छैन । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । यात्राको सम्भावना छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता हुनेछ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । चेलीेबेटी र कुटुम्बका काममा सहयोग गर्नु पर्नेछ । नसोचेको ठाउँबाट धनागमको सङ्केत पनि छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाण्डौ, नेपालको अक्षांश : २७:४२ उत्तर तथा देशान्तर : ८५:१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ)

पुर्बेलीन्युज

The post आजको राशिफलः वि.सं.२०७४ पौष १४ गते शुक्रबार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.