कथाले अर्कै मोड लियो, साझा सवाल कार्यक्रममा कुनै पैसा नपाएको बताउने युद्धमा छोरा गुमाएका मंगलेले रकम बुझेको रेकर्ड भेटियो

पुस १३, रोल्पा । माओवादी सशस्त्र युद्धमा एक मात्र छोरा गुमाएका रोल्पा जेलबाङका ७८ वर्षीय मंगले बुढा २०६८ कार्तिक ६ गते जिल्ला प्रशासन कार्यालयमा देखिएका थिए। सिमेन्टको बोरालाई सिलाइएको झोला भिरेका मंगलेले थोत्रिएको कालो टोपी र कालो कोट लगाएका थिए।

उतिबेला मंगलेजस्तै युद्धमा आफन्त गुमाएका जेलबाङका ७३ जना जिल्ला प्रशासन कार्यालयमा राहत लिन आएका थिए। १६ वर्षीय छोरा भुवनको मृत्यपछि सहाराबिहीन बनेको मंगले र फर्की दम्पत्तिसहितको जेलबाङी द्वन्द्वपीडितको पीडा यसअघि अन्नपूर्णमा प्रकाशन समेत भएको थियो।

तिनैपीडित मंगले दम्पत्तिले बिबिसी साझा सवालको कार्यक्रमलाई राहत नपाएको बताएपछि चर्चा चुलिएको छ। उनको सहाराबिहीन दयनीय घरबास र जीवनशैली प्रशारण भएपछि अहिले उनी इन्टरनेट दुनियाँमा भाइरल छन्।

बिबिसीसँगको कुराकानीमा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ ले ‘सहिद परिवारले पाउने पहिले पाँच लाख र पछि पाँच लाख पाउनु भयो ?’ भनेर जिज्ञासा राख्दा मंंगलेले नपाएको जवाफ दिएपछि उनको चर्चा चुलिएको हो।

राहत नपाएको र सहाराबिहिन जीवन देखेर पूर्वसभामुख ओनसरी घर्ती भक्कानिएकी थिइन्। ‘राहत रकम लिनका लागि निवेदन दिन मैले नै लिएर धेरै पटक गएको हुँ’, सुनछहरी गाउँपालिका अध्यक्ष एवं मंगलेका छिमेकी आशबहादुर पुन भन्छन्, ‘खामभाषी भएकाले प्रश्न नबुझेर जवाफ फर्काएको देखिन्छ।’

जिल्ला प्रशासनको रेकर्डमा मंगलेले रकम लगेको देखिएको छ। उता पीडितले राहत नपाएको बताएपछि प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईलाई पनि धेरैले सोधपुछ गरिरहेका छन्। ‘नेपाल बैंकमा उनकै नाममा खोलिएको खातामा रकम जम्मा भएको रेकर्ड छ। राहात पाउनका लागि फोटोसहित निवेदन समेत दिएका छन्’, प्रमुख जिल्ला अधिकारी भट्टराई भन्छन्, ‘लिएर गएको रकम कहाँ प्रयोग गरे त्यो थाहा भएन। तर, राहत बुझेको देखिन्छ।’

सुरुको चरणमा दुई लाख, दोस्रो चरणमा एक लाख र तेस्रो चरणमा दुई लाख रकम उनको खातामा गएको देखिन्छ। ति रकम निकालिएको बैंकको अभिलेखबाट देखिन्छ। गत आर्थिक वर्षमा आएको एकमुष्ट पाँच लाख पनि असार २६ गते उनको खातामा जम्मा भएको देखिन्छ। पुस २ गते पाँच लाख नै निकालेर लगेको बैंकले जनाएको छ। तैपनि उनले राहत नपाएको बताएपछि लगेको रकम कता गयो भन्ने अनुसन्धानको विषय बनेको छ।

२०५३ सालमा उनको छोरा सेरम झकेबाङमा प्रहरीबाट मारिएका थिए। तीन छोरी मध्ये एकको मृत्यु भइसकेको छ। दुई छोरी ज्वाइँको सहयोगमा उनीहरुको जीवन चलिरहेको छ। २०६८ सालमा राहत रकम लिन आएका बेला घर खर्च चलाउन लागेको ऋण छोरीले त्यही राहत रकमबाट तिरिदिने योजना बनाएको सुनाएका थिए।

देशभरमा साविक जेलबाङ गाविसमा सबैभन्दा बढीले ज्यान गुमाएका थिए। एकै गाउँका ७३ जना मारिएका थिए। मंगले दम्पत्तिको कारुणिक अवस्था देखेर नेता अनन्तले घर बनाइदिने आश्वासन दिएका थिए। माघ २ गते घर बनाइदिने गरी शिलान्यास गर्न प्रतिनिधि सभाका लागि रोल्पाबाट निर्वाचित अनन्त जेलबाङ पुग्नेछन् । – अन्नपूर्णपोष्टबाट

The post कथाले अर्कै मोड लियो, साझा सवाल कार्यक्रममा कुनै पैसा नपाएको बताउने युद्धमा छोरा गुमाएका मंगलेले रकम बुझेको रेकर्ड भेटियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.