रबिले फिर्ता ल्याए इराकमा बेचिएकी चेलीलाई, रबि पनि रोए

दुवई जाने भनेर गएकी एक नेपाली युवती दलालको फन्दामा परी इराकमा बेचिन पुगिन । उनले त्यहाँबाट आफु छुट्नको लागी कुवेतको दुतावास र नेपालको परराष्ट्र मन्त्रालयलाई बारम्बार खबर गरीन । तर कसैले सुनेनन । अन्त्यमा उनले रबि लामिछानेको चर्चित टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासंगमा स्काइप मार्फत फोन गरेर आफ्नो दुःख बिसाइन ।

बारम्बार कुट्ने, गाली गर्ने, शरीरमा अनावश्यक स्पर्श गर्ने, बिरामी हुदा औषधी खान नदिने लगायतका उनका पिडा सुनेपछी पत्रकार रबि लामिछाने पनि आफुलाई सम्हान्न सकेका थिएनन । रबिले उनको कुरा सुनेपछी सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । तर त्यो काम सजिलो थिएन । कारण, इराक सामान्य देश होइन । इराकमा नेपाली दुतावास पनि छैन ।

इराकमा आतंककारी संगठन आइसिसद्धारा दिनहु जस्तोे बम हमला, आतंक, हत्या र अपहरण भैरहन्छन । धेरैलाई लागेको थियो त्यस्तो देशमा बेचिएकी चेलीको उद्धार रबि लामिछानेले कसरी गर्लान ? तर बेचिएको थाहा भएको २ दिन बित्न नपाउदै रबिले ती चेलीको उद्धार गरेका छन । रबिले यति कठिन काम कसरी गर्न सफल भए ? उद्धार गरेपछी रबिले के भने ? जान्नको लागी कृपया तलको पुरा भिडियो हेर्नुहोला

The post रबिले फिर्ता ल्याए इराकमा बेचिएकी चेलीलाई, रबि पनि रोए appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.