केपी ओली प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष हुने भनेपछि .. माधव नेपाल असन्तुष्ट

प्रचण्डले केपी ओली प्रधानमन्त्री र आफू पार्टी अध्यक्ष हुने भनेपछि माधव नेपाल असन्तुष्ट

काठमाडौं, १४ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको एकतापछि आफू वा केपी ओली प्रधानमन्त्री वा पार्टी अध्यक्ष बन्ने अभिव्यक्ति दिएपछि यसले एमालेमा ठूलो असन्तुष्टि जन्माएको छ ।

बुधबार चितवनमा आयोजित चुनावी सभामा प्रचण्डले एमाले र माओवादी केन्द्रको एकतापछि आफू प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक हुने बताएका थिए । उनले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख जस्ता महत्वपूर्ण पदमा गठबन्धनबीच भागबन्डा भइसकेको रहस्य खोलेका छन् ।

प्रचण्डको सो अभिव्यक्तिपछि एमालेमा माधवकुमार नेपाल पक्षमा व्यापक असन्तुष्टि उत्पन्न भएको छ । नेता नेपाल नवौं महाधिवेशनमा केपी ओलीसँग झिनो मतअन्तरले अध्यक्षमा पराजित भएका थिए । दसौं महाधिवेशनबाट नेता नेपाल आफू अध्यक्ष निर्वाचित हुने बताउँदै आएका थिए । तर, ओली र प्रचण्डबीच वाम गठबन्धन गरी पछि पार्टी एकता गर्ने सहमति भएपछि नेता नेपालको अध्यक्षको दाबी छायाँमा परेको छ ।

आफूलाई मन नपर्ने नेतालाई पेलेरै राख्ने ओली नीतिका कारण माधव नेपाल अहिले कहीँ कतै चर्चामा छैनन् । असोज १७ गतेयता नेता नेपालले आफू पार्टी अध्यक्ष हुने र एमालेलाई पार्टी विधिविधानअनुसार चलाउने निकट नेता कार्यकर्तालाई बताउँदै आएका थिए ।
बुधबार प्रचण्डले अब भविष्यको प्रधानमन्त्री र पार्टी अध्यक्ष पनि आफैै हुने दाबी गरेपछि एमाले नेता कार्यकर्ताले बल्ल पार्टी एकताको रहस्य बुझ्न थालेका छन् । ‘केपी ओली र प्रचण्डको गठबन्धनले नेपाललाई कर्नरमा मात्रै होइन, भूमिकाविहीन नै बनाउन खोजिएको छ,’ एमालेका एक नेताले भने, ‘यस्तै गरेर अगाडि बढे भोलिका दिनमा जुनसुकै अवस्था पनि आउन सक्नेछ ।’

यतिखेर वाम गठबन्धनमा ओली र प्रचण्डको मात्रै चर्चा हुने गरेको छ । नेता नेपाल र झलनाथ खनालको कहीँ कतै भूमिका देखिएको छैन । खनाल र नेपाल दुवै डेन्जर जोनमा छन् । नेपाल काठमाडौं २ र खनाल इलाम १ बाट उम्मेदवार बनेका छन् । नेपाललाई कांग्रेसका दीपक कुइँकेलले कडा चुनौती दिएका छन् ।

अहिलेसम्मको निर्वाचनमा उनी सधै झिनो मतअन्तरले निर्वाचन जित्दै गएका छन् । यसपटक उनलाई कांग्रेसका केशव थापाले चुनौती दिएका छन् । सम्भावित पराजित हुने डरले खनालले इलाम छाडेका छैनन् । medianp बाट

The post केपी ओली प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष हुने भनेपछि .. माधव नेपाल असन्तुष्ट appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.