दुख्द खबर: समुद्रले मच्चायो विनाश, भारतमा मात्रै ६६० जना गाएब

नयाँदिल्ली । धेरै जनाको ज्यान लिनेगरी आएको चक्रवातपछि भारतमा अहिलेसम्म ६६० जनाभन्दा धेरै माझी हराइरहेका छन्। एक महिना अगाडि श्रीलङ्कासँगको सिमानामा पर्ने भारतीय क्षेत्रहरूबाट उनीहरू बेपत्ता भएको भारतीय अधिकारीहरूले बुधबार बताएका छन्।

गत नोभेम्बरको २९ तारिखका दिन श्रीलङ्काबाट शुरु भएको चक्रवातका कारण २५० जनाको मृत्यु भएको पुष्टी भइसकेको छ। प्रतिघण्टा १३० किलोमिटरको गतिमा आएको चक्रवातले रुख बोटविरुवा उखेल्नुका साथै विद्युत र टेलिफोनका संरचनामा क्षति पुगेपछि सेवा अवरुद्ध भएका छन् भने दशौँ हजार घर ध्वस्त भएका छन्।

भारतका रक्षा मन्त्री निर्मला सीता रमणले ६६१ जना माझी अहिलेसम्म बेपत्ता भएको संसदलाई जानकारी दिएका छन्। तर उनले उनीहरूको मृत्यु भइसकेको भन्न भने नमिल्ने बताए।

बेपत्ता भएकामध्ये ४०० जना तमिल नाडुबाट र अरू २६१ जना केरलाबाट बेपत्ता भएका हुन्। रक्षा मन्त्रीले रक्षा मन्त्रालय र अन्य विभिन्न निकायहरूले ८४५ जनाको उद्धार गरेको पनि जानकारी दिए।

भारतको पूर्वी तटिय क्षेत्रमा हरेक वर्षको अप्रिलदेखि डिसेम्बरसम्म चक्रवातका कारण धेरै जनाको मृत्यु हुनेगरेको छ। सन् १९९९ मा आएको चक्रवातले आठ हजार जनाको ज्यान लिएको थियो।

The post दुख्द खबर: समुद्रले मच्चायो विनाश, भारतमा मात्रै ६६० जना गाएब appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.