पशुपतिनाथ मन्दिरका बारेमा १० रोचक तथ्य !

हिन्दु धर्मावलम्वीहरुको पवित्र तीर्थस्थल हो पशुपतिनाथ । काठमाडौंमा रहेको पशुपतिनाथको मन्दिर संसारमा रहेका ‘२७५’ पादल पेत्र स्थलम्’ (शिवको पवित्र स्थान) मध्ये एक हो।

बागमती नदीको किनारमा रहेको यो मन्दिर २४० हेक्टरको ९४,७९२ रोपनी जग्गामा फैलिएको छ। शिवजीको पुजना हुने पशुपतिनाथ दर्शनका लागि विभिन्न देशबाट तीर्थालुहरु आउने गर्छन् ।

पशुपतिनाथालाई शैव, शाक्त, वैष्णव, बौद्ध, जौन, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूले समान आस्था र श्रद्धाको दृष्टिकोणले हेर्छन्। आजहामी पशुपतिनाथ मन्दिरबारेमा केही रोचक तथ्यका बारेमा जानकारी दिदैछौ ।

१. पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत ‘यूनेस्को विश्व सम्पदा क्षेत्रको सूची’मा पर्दछ। सन् १९७९ मा यूनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो।

२. पशुपतिनाथको मन्दिर नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको छ । यहाँका सबै विशेषताहरू प्यागोडा शैलीमा नै रहेको पाइन्छ । जुन अति सुन्दर खुदी काठबाट बनेका छन्। यस मन्दिरको २ स्तरको छाना सुन र तामाले बनेको छ भने मूख्य ४ ढोकाहरू चाँदीका रहेका छन्। साथै मूख्य मन्दिरको गजुर सुनको रहेको छ।

३. ‘पशुपतिनाथ’ खासमा भगवान शिवको नाम हो। अनेकौँ ग्रन्थ र वेदहरूमा शिवजीको नाम पनि अनेकौँ उल्लेख गरिएको छ, तर शिवजीको वास्तविक नाम ‘पशुपतिनाथ’ भएको शिवपुराणमा उल्लेख गरिएको छ।

४. पौराणिक कथाअनुसार महाभारतको युद्धपछि पाण्डवहरूले भगवान कृष्ण र भिष्मसँग युद्धमा आफन्तहरूको हत्या गरेकाले गोत्रहत्याको पापबाट मुक्त हुनको लागि के उपाय गर्नुपर्ला भनेर सोधेका थिए। भगवान शिवको दर्शन गरेपछि मात्रै गोत्रहत्याको पापबाट मुक्त हुन्छ भन्ने कुरा थाहा पाएपछि पाण्डवहरू शिवजीको दर्शन गर्न हिमालयमा गए। पाण्डवहरू आएको देखेर भगवान शिव भैँसीको रूप धारण गरेर भैँसीको बथानमा लुकेका थिए।

पाण्डवहरूले भैँसीरूपी शिवलाई चिनेर दर्शन गर्न नजिकै जाँदा भैँसीरूपी शिव जमीनमुनि धास्सिएका थिए। यसरी शिवजी जमीनमा धास्सिएपछि भैँसीरूपी शिवको पुच्छर पाण्डवले स्पर्श गर्दा ‘केदारनाथ’मा केदारनाथ भगवान प्रकट भए भने भैँसीरूपी शिवको शिर नेपालमा पशुपतिनाथ भगवानको रूपमा प्रकट भएका थिए। यसरी पाण्डवहरूले पशुरूपी शिवको पुच्छर स्पर्श गरेर गोत्रहत्याको पापबाट मुक्त भएका थिए। यसरी पशुको रूप लिएर प्रकट भएको हुनाले नै भगवान शिवलाई ‘पशुपतिनाथ’ भनिन थालिएको हो।

५. श्रीस्वस्थानीमा उल्लेखित एक अर्को कथाका अनुसार भगवान शिवले मृगको रूप लगेर श्लेष्मान्तक वनमा पार्वतीको साथमा विहार गरेका थिए। यसैले भगवान शिवलाई ‘पशुपतिनाथ’ भन्न थालियो। अनि के पनि विश्वास गरिन्छ भन्दा हालको पशुपतिनाथको मन्दिरको परिशरबाहिरको वनलाई पहिले श्लेष्मान्तक वन भनिन्थ्यो।

६‍. नेपालकै सबैभन्दा पुरानो मानिने ‘गोपालराज वंशावली’का अनुसार, लिछ्छवी राजा ‘सुपुष्प देव’ले पशुपतिनाथ मन्दिरको निर्माण गरेका थिए।

७. एक अर्को वंशावलीका अनुसार, सुपुष्प देवले पाँच तले पशुपतिनाथ मन्दिरको निर्माण गर्नुभन्दा पहिले त्यस ठाउँमा शिवलिङ्गको आकारको देवालय थियो। समय बित्दै जाँदा यस मन्दिरको मर्मत सम्भारको काम पनि बढ्दै गएको थियो। त्यसैले नै नेपालका मध्यकालीन राजा ‘शिवदेव’ले पशुपतिनाथको मन्दिरलाई पुनर्निर्माण गरेका थिए। फेरि पछि मल्लकालीन राजाले त्यस मन्दिरमा गजुर लगाइदिएका थिए।

८. पौराणिक कथाअनुसार, नेपालमा पर्ने चन्द्रावन हिमालय पर्वत को गुफामा इच्छापूर्ती गरिदिने ‘कामधेनु गाई’ आएर बसेका थिए। कामधेनुले दिनहुँ पर्वतबाट तल झरी माटोमाथि आफ्नो दूध चढाउने गर्थे। यसरी हजारौँ वर्षसम्म पनि कामधेनु गाईले सो ठाउँमा दूध चढाउन थालेपछि एकदिन त्यहाँ वरिपरिका मानिसहरूले के रहेछ भनि खन्दा एउटा सुन्दर चमकदार शिवलिङ्ग भेटेका थिए। त्यसपछि उनीहरूले सो शिवलिङ्गलाई पुजा गर्दै आएका थिए। त्यसैल स्थललाई नै पछि ‘पशुपतिनाथ’ भनिएको हो भन्ने पनि विश्वास गरिन्छ।

९. पशुपतिनाथ मन्दिरको पछाडिपट्टि ‘विरुपाक्ष’को मूर्ती रहेको छ। यस मूर्तीलाई नेपालमा ‘कलिको मूर्ती’ भनेर पनि चिनिन्छ। नेपालको पुराना मूर्तीहरूमध्ये यो मूर्ती पनि एक हो। विरुपाक्षलाई भगवान शिवको मानवरूप पनि मानिन्छ। कलिको मूर्ती पूर्णरुपले बाहिर निस्किएपछि संसारको अन्त्य हुने विभिन्न धर्मग्रन्थहरुमा उल्लेख छ । यो मूर्ती जमीनको सतहबाट बिस्तारै माथि सर्दै आइरहेको बताइने गरेको छ। समयको चक्रसँगै कलियुगपछि सत्ययुगमा यो मूर्ती पूर्णरूपमा जमीनमुनि पुरिन्छ र फेरि बिस्तारै बिस्तारै माथि सर्दै प्रक्रिया दोहोरिने विश्वास गरिन्छ।

१०. २०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको वारपाकलाई केन्द्रविन्दु बनाई गएको ७.८ रेक्टर स्केलको महाभूकम्पमा पनि पशुपतिनाथको मूल मन्दिर ‘दैविक-वैदिक-वास्तु शक्ति’ (शिव कथत भूतत्व-विज्ञान)को कारण सुरक्षित रहेको देखियो भने मन्दिर परिशर बाहिरका साना मन्दिरमा थोरै क्षति पुगेको देखियो। त्यसको २ वर्ष अगाडि पनि महाप्रलयमा श्रीकेदारनाथ मन्दिर पनि सुरक्षित रहेको थियो।

बिभिन्न धर्मग्रन्थको सहयोगमा medianp

The post पशुपतिनाथ मन्दिरका बारेमा १० रोचक तथ्य ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.