‘कृ’ को डान्सिङ नम्बर ‘यति यति पानी गंगै रानी’ मा अनमोल केसीको नयाँ लुक्स

काठमाडौैं, १२ पुस । नेपाली चलचित्र क्षेत्रमा ‘मोस्ट भ्यालुयबल स्टार’ को छवि बनाएका अनमोल केसी अभिनित ‘कृ’ आगामी माघ २६ गते रिलिज हुँदैछ । चलचित्रको टे«लर युट्युबमा राखेको दुई सातामै १५ लाखभन्दा बढी पटक हेरिसकिएको छ ।

दुई वर्षपछि अनमोलले खेलेको चलचित्र आउन लागेकाले पनि दर्शकले निकै प्रतीक्षा गरेको देखिएको छ । भुवन केसी र सुवास गिरीले निर्माण गरेको ‘कृ’ को नयाँ गीत ‘यति यति पानी गंगै रानी’ डिसेम्बर ३१ मा रिलिज हुँदैछ । अलमोडा राना उप्रेती र मिस्टर आरजेको स्वर रहेको ‘यति यति पानी गंगै रानी’ क्लब गीत हो । जसमा अनमोल केसीको उत्कृष्ट नृत्य दर्शकले देख्न पाउने निर्माण पक्षले जनाएको छ । गीतमा अनमोल अहिलेसम्मकै नयाँ लुक्समा देखिँदैछन् ।

सुरेन्द्र पौडेलको निर्देशन रहेको ‘कृ’ मा अनमोल केसीसँग अदिती बुढाथोकीले अनस्क्रिन रोमान्स गरेकी छन् । चलचित्रमा अनुपविक्रम शाही पनि मुख्य भूमिकामा देखिँदैछन् ।

The post ‘कृ’ को डान्सिङ नम्बर ‘यति यति पानी गंगै रानी’ मा अनमोल केसीको नयाँ लुक्स appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.